एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान जोखिममा परेको भन्दै स्वास्थ्य सुरक्षाका लागि सरोकारवालालाई गुहारेका हुन् । एम्बुलेन्स चालकहरुको संस्था सगरमाथा एम्बुलेन्स चालक एशोसिएशन सिरहाले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो घरपरिवार छाडेर दिनरात कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको ओसारपसार गर्दै आएका एम्बुलेन्स चालकहरु स्वास्थ्य सुरक्षा सामग्रीको अभाव, बास बस्ने उचित व्यवस्था नभएको र स्वच्छ तथा स्वस्थ्य खानाको समस्याका कारण त्रासमा रहेको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित सामग्री