तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै नेपाल आयल निगम

भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएको छ । घाटाकै कारण निगमले केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने भएको छ । खासगरी, अर्थ मन्त्रालयले निगमलाई सोधभर्ना गर्नुपर्ने ३ अर्ब रुपैयाँका लागि निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा बैंकमा धितो राख्न लागेको हो ।अर्थ मन्त्रालयले आज निगमलाई पत्र लेख्दै जग्गा धितो राखेर आफूले दिनुपर्ने रकम सोधभर्ना गर्न भनेको छ । यससँगै निगमले तेल किनेबापत भारतीय आयल निगमलाई तिर्नुपर्न

सम्बन्धित सामग्री

निगमका निलम्बित पोखरा डिपो प्रमुख दासविरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता

नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ । तेल अपचलन घटनाबारे अनुसन्धान...

पेट्रोलपम्पसम्म तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ सुरु

नेपाल आयल निगम लिमिटेडले शुक्रबारबाट निगमको डिपोबाट पेट्रोलपम्पमा तेल लैजाने ट्यांकरमा आधुनिक लकिङ जडान सुरु गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार चुहावट नियन्त्रणमा मद्दत मिल्ने अपेक्षासहित यो कार्य सुरु...

निगमको पोखरा डिपो प्रमुखमा ठाकुरको सरुवा, इन्धन अपचलनमाथि अनुसन्धान जारी

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्याल, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरलाई पठाउने निर्णय गरेका छन्। निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दास तेल अपचलनमा...

पेट्रोलियम पदार्थ खरिद गर्न हायल कायल बन्यो आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नेपाल आयल निगम ऋणको बोझले नराम्ररी थिचिएको छ । भारतबाट तेल किनेर नेपालमा मूल्य निर्धारण र बिक्री/वितरणमा प्रत्यक्ष भूमिका खेल्ने निगम पेट्रोलियम पदार्थ खरिद गरेको रकम नै भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेको हो ।भारतबाट निरन्तर बढेर १५/१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ खरिद नै गर्न नसक्ने स्थितिमा निगम पुगिसकेको छ । भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । सो

निगम र ट्याङ्कर चालकबीच कुरा मिल्यो, पेट्रोल उठाउन सुरु

काठमाडौं, २० चैत्र । नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकबीच सहमति भएको छ । दुई टोलीबीच थानकोटस्थित आयल निगमको डिपोमा भएको वार्तापछि चालकहरुले थानकोट डिपोबाट तेल उठाउन सुरु गरेका हुन् । ट्याङ्कर चालकहरुले केही सेवा, सुविधा माग गर्दै आइतबार चालकहरुले विभिन्न माग राख्दै तेल लोड/अनलोड गरेका थिएनन् । पम्पहरुमा तेल नगएको सवारी […]

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो: नेपाल आयल निगम(विज्ञप्तिसहित)

काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको स्पष्ट पारेको छ । निगमले हिजो (सोमबार) एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको हो । निगमले जारि गरेको विज्ञप्तिमा […]

‘स्वचालित मूल्य पूरै कार्यान्वयन भए तेल महँगिने’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले नेपाल आयल निगम नाफा कमाउने संस्था नभई सेवामुखी रहेको बताएका छन्।...

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाटै तेल चोरी

पटना-मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ। उक्त कार्यले नेपालको आपूर्तिमा कुनै असर नगर्ने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीको दाबी छ।