कोरोना संक्रमित डाक्टरको उपचार तथा व्यवस्थापनमा चिकित्सक संघले सहयोग गर्ने

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सकको उद्दार, उचित व्यवस्थापन र सहज उपचारका लागि आवश्यक सहयोग गर्ने भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारमा...

सम्बन्धित सामग्री

ललितपुरले भोलि कोरोना संक्रमितलाई राहत रकम दिने

काठमाडौं : ललितपुर महानगरपालिकाले भोलि (बुधबार) कोरोना संक्रमित विरामीहरूलाई उपचार राहत रकम दिने भएको छ।महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै पहिलो चरणको राहत रकम प्रदान गर्ने जनाएको हो।महानगरपालिकाले ‘कोरोना संक्रमित विरामीहरूलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका,२०७८’ बमोजिम राहत प्रदान गर्ने जनाएको छ।सूचनाअनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म वितरण हुनेछ। यसका लागि संक्रमित विरामीहरूले परिचय खुल्ने कागजातपत्र बुझाउनुपर्नेछ।

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने

२८ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले बिहीबार विज्ञप्ति निकालेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो । महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर […]

प्रादेशिक सञ्चार प्रतिष्ठानले गर्‍यो पत्रकारका परिवारलाई सहयोग

विराटनगर (अस) । प्रदेश १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोभिड–१९ संक्रमित भई गम्भीर अवस्थामा बिरामी भएका र मृत्यु भएका ९ जना पत्रकारको परिवारलाई २ लाख ७५ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले एक विज्ञप्ति जारी गरी सहयोग गरिएको रकम सार्वजनिक गरेका हुन् । कोरोना संक्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय बमोजिम सहयोग रकम हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै २५ हजार रुपैयाँका दरले सहयोग पाउने पत्रकारहरूमा ओखलढुंगाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राई रहेका छन् ।

कोरोना संक्रमितलाई खाद्यान्न सहयोग

सुर्खेत (अस) । लायन्स क्लब अफ गढीले कोरोना संक्रमित भएर प्रदेश आयुर्वेद औषधालय सुर्खेतको आइसोलेसनमा उपचाररत बिरामीका लागि खाद्यान्न सहयोग गरेको छ । कर्णालीमा कोरोना भाइरस आइसोलेसनमा उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले लायन्स क्लबले निषेधाज्ञाका बेला करिब ७२ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयमार्फत कोरोना संक्रमितको भोजनका लागि लायन्स क्लबले खाद्यन्न सहयोग गरेका हुन् । क्लब गढीका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेस्टर्ट हार्डफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्ट्री एभरेस्ट कन्टेनियल लायन्स क्लब अध्यक्ष माधव आत्रेय, नरेन्द्र पन्त, चार्टर्ड पे्रसिडेन्ट कृष्ण कँडेलको सहयोगमा खाद्यन्न सहयोग गरिएको बताए । प्रदेश औषधालयसँगै प्रदेश अस्पतालमा शुद्ध खानेपानी अभावलाई दृष्टिगत गरी १५/१५ कार्टुन पानी सहयोग गरिएको उनको भनाइ छ । आइसोलेसनमा उपचाररत बिरामीका लागि चार क्विन्टल चामल, ५० केजी दाल, ५० केजी चना, तीन कार्टुन खानेतेल, एक सय केजी आलु र  २५ किलो हरियो सिमी सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय  व्यवस्थापन समितिका पदाधिकारीलाई लायन्य क्लब गढीका अध्यक्ष कँडेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत एवं समाजसेवी टीकाराम चपाईलगायतले हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमित पत्रकारलाई प्रदेश अस्पतालका डाक्टरको परामर्श सेवा

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने  सम्झौता भएको हो । कोरोनाबाट दिनप्रतिदिन पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र तिनका परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो । डा. केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र तिनका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने उपायबारे निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित पत्रकार एवं तिनका परिवारले डा. केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ । डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरे सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिनेछ । यसका लागि महासंघका कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् ।

आईसीयू थप्न अस्पतालालाई १० लाख

नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शैय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना संक्रमित बिरामीलाई अहिले आईसीयू शैय्या अत्यावश्यक रहेकाले शैय्या थप्न किस्पाङ गाउँपालिकाले दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।त्रिशूली अस्पतालमा हाल छ […]

साउदीबाट ढकालले पठाए मेट्रो अस्पताललाई २५ हजार

तुलसीपुर । साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको बताउनुभयो । मेट्रो अस्पतालमा निर्माण गरिएको आइसोलसनमा अहिले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि सहयोग गरेको धितालले […]

कलश सहकारीको राहतमूलक कार्यक्रम

दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्ने भएकोे छ ।सहकारीले संक्रमित सदस्यहरुको औषधी उपचारका लागि पहिलो चरणमा दुइ महिनासम्म ब्याज नलिने गरी बढीमा एक लाख रुपैयाँ ‘कोभिड उपचार ऋण’ उपलव्ध गराउने निर्णय गरेको संस्थाका अध्यक्ष […]

निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् ।अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम […]

चित्रबहादुर केसीको उपचारबारे भ्रम फैलाउने रक्तिम विभाग जापानका सहसचिव निष्काशित

मेघराज रिश्मेली, जापान । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी कोरोना संक्रमित भएको अवस्थामा उहाँको उपचारबारे भ्रम फैलाउने जापान नेपाली एकता समाज, रक्तिम विभागका सहसचिव खड्ग पुनलाई जिम्मेवारीबाट हटाइएको छ । समाजका महासचिव तेजेन्द्र क्षेत्रीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी जिम्मेवार पदमा वहाल भएको व्यक्तिले संस्थाको मर्यादालाई ख्याल नगरी जथाभावी गरेको भन्दै पुनलाई सो पदबाट हटाइएको स्पष्ट पार्नुभएको छ । केही समय अघि राजमो अध्यक्ष केसी कोरोना संक्रमणलगायतका समस्याबाट पीडित भएको अवस्थामा राजमोले उपचारका लागि सहयोगको अपिल गरेको थियो । तर, पछि सरकारले नै केसीको उपचार गर्ने जनाएपछि सो सहयोग संकलन स्थगित गरिएको थियो । पार्टीको आह्वानअनुसार अध्यक्ष केसीको उपचारका लागि जापानमा रहेका नेपालीहरुले पनि सहयोग संकलन सुरु गरेका थिए । सो अभियानविरुद्ध सहसचिव पुनले विज्ञप्ति नै निकालेर भ्रम छर्ने प्रयास गरेका थिए । यस्तो छ, जापान नेपाली एकता समाजको विज्ञप्ति नेपालमा पूर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कोभिड–१९को संक्रमण भइ अस्पताल भर्ना हुनुभयो । उहाँको उपचारका लागि उहाँ अध्यक्ष रहेको संस्थाले सबैसामु सहयोगको याचना गर्यो । त्यो सहयोगको याचना पछि जो कोही ब्यक्ति, संघ संस्थाले उहाँको उपचारका लागि सहयोग गर्न तयार रहेको पाइयो र जापानमा जापान नेपाली एकता समाजले पनि सहयोग राशी उठाउने निर्णय गर्यो र संसार भरीका एकता समाजहरूले पनि त्यसको लागि पहल गरे । यसै सन्दर्भमा जापानमा केही विवादित कुरा बाहिर आयो तर जापान नेपाली एकता समाजले भने त्यो कुरालाई गौण मानि सहयोगको अभियान सञ्चालन गर्यो । जापानको विवादित कुराले अरू संघ संस्था र ब्यक्तिहरू र अन्य देशका एकता समाजका सदस्य ,समर्थकहरूलाई पनि प्रभाव पार्यो । त्यसै क्रममा नेपाल सरकारले निर्णय गरी केसीजीको अस्पतालमा लागेको खर्च सबै सरकारले ब्योहोर्ने निर्णय पश्चात त्यो सहयोगको कार्यक्रम स्थगित गरेको सूचना जारी भयो र त्यो सबै क्षेत्रबाट रोकियो । यसै सन्दर्भमा सिर्जित बिषयलाई लिएर जापान नेपाली एकता समाजको सांस्कृतिक विभाग अन्तरगत रहेको रक्तिम सांस्कृतिक अभियान जापानका सहसचिवले नोभेम्बर १७ मा ...