साउदीबाट ढकालले पठाए मेट्रो अस्पताललाई २५ हजार

तुलसीपुर । साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको बताउनुभयो । मेट्रो अस्पतालमा निर्माण गरिएको आइसोलसनमा अहिले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि सहयोग गरेको धितालले […]

सम्बन्धित सामग्री

कागजपत्र छानबिन गर्न माग

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पताल प्रशासन मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सदाको मृत्यु भएको घोषणा अस्पतालले नगरेको दाबी गरेको छ । उहाँकी श्रीमती सीता सदाले भने सो अस्पतालले आफ्नो पतिको मृत्यु भएको र उपचारका क्रममा लागेको खर्च अस्पताललाई बुझाएर शव लैजानु भनेको दाबी पुनः गर्नुभएको छ । प्रस्तुत छ इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा सीताले सञ्चारकर्मीसँग गरेको सङ्क्षिप्त कुराकानीको सम्पादिन अंश :

तुलसीपुर मेट्रो हस्पिटललाई करिब ४६ लाखको स्वास्थ्य सामग्री सहयोग

दाङ : तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो हस्पिटललाई ताइवानको चु जी फाउण्डेसनले ४६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।फाउण्डेसनका नेपाल प्रतिनिधि मुकुन्द विष्टले एक्सरे, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री उपमहानगरका प्रमुख घनश्याम पाण्डेका अनुसार  अस्पताललाई हस्तान्तरण गरेका छन्। ती सामग्रीले कोरोना महामारीसँग लड्न सहयोग पुग्ने बताए।तुलसीपुर–८ अश्वारामा रहेको भीमसेन शहरी स्वास्थ्य प्रवर्द्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरले सञ

कोभिड अस्पताललाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान

दाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई  ८५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। वडा नम्बर ८ अश्वारामा सञ्चालित मेट्रो अस्पतालको आइसोलेशन उक्त सिलिण्डर प्रदान गरेको हो।राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले ‘हामीले पहिलो चरणमा सबै साथी मिलेर  ८५ वटा अक्सिजन सिलिण्डर दिएको बताए। कोभिड १९ महामारीका कारण अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका छन्। यस महाविपत्तिमा कोही पनि कोभिडका बिरामीको अक्सिजन अभावमा मृत्यु नहोस् भन्ने तर्फ पार्टी सचेत रहँदै आएक