दूधकोसी नदी किनारमा सुक्खा पहिरो

दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो । दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।एक साता अघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परि

सम्बन्धित सामग्री

दूधकोसीमा सुक्खा पहिरो, नदीको २० प्रतिशत वहाव थुनियो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा झण्डै तीन सातादेखि सुक्खा पहिरो झरेको छ । पहिरोका कारण नदीको २० प्रतिशत वहाव थुनिएको छ । दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु …