१ वर्षभित्र आयोजना सक्न निर्देशन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना १ वर्षभित्र सक्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजना २०७९ पुसभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिँदै समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन्,’ घिसिङले भने, ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैं तयार छौं । आयोजनाको स्वामित्व लिई टीम बनाएर काम गरौं, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’ घिसिङसहित आयोजनाको प्रवद्र्धक मध्यभोटेकोशी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरूसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरेको थियो । हालसम्म आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र सुरूङ ३ महीनाभित्र सक्ने लक्ष्य राखिएको छ । ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ४ सय १५ मीटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । ‘यो आयोजना निर्माणको अन्तिम खण्डमा छ,’ आयोजनाको निरीक्षणपछि प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले भने, ‘त्यसकारण बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’

सम्बन्धित सामग्री

संसद भवन २ महिनाभित्र बनाइसक्नु पर्यो : सभामुख

काठमाडौँ : सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसदको भवन २ महिनाभित्र बनाइसक्न निर्देशन दिएका छन्। मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिका सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदका मुख्य २ वटा भवन २ महिनाभित्रै सक्न निर्देशन दिएका हुन्।आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधि&nbs

विदेशी लगानीका आयोजना निर्माण समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डबाट सहजीकरण गरिएका आयोजनाहरुको निर्माण तोकिएको समयभित्रै सक्न निर्देशन दिएका छन् । शुक्रबार लगानी बोर्डको कार्यालयमा आयोजना विकासकर्ताहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । विभिन ११ वटा परियोजनाका विकासकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डले परियोजना निर्माण कार्य निरन्तर अघि बढाउन आग्रह गरे । सरकारकोतर्फबाट परियोजनाहरुलाई सबै […]

तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रै सक्न निर्देशन

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारहरूलाई निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद...

पुरातात्त्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुह्येश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गरेकी छिन् । बुधबार अनुगमनका गर्दै  उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएको भन्दै  यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् । मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि  निर्देशन दिइन् । मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थापनबारे मन्त्रालयले सकारात्मक प

निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो ।तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयो

विकासका काममा गति देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सबै मन्त्री र सचिवलाई बोलाएर विकास आयोजना समयमा नै सक्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री देउवाले मन्त्री र सचिवलाई परिणाम निकाल्नेगरी काम गर्नसमेत निर्देशन दिए । हरेकजसो प्रधानमन्त्रीले मन्त्री र सचिवलाई यसरी नै निर्देशन दिएर कर्मकाण्ड पूरा गर्ने गरेका छन् । तर, त्यसपछि मन्त्रालयका मन्त्री, सचिव तथा उनीहरू मातहतका निकायले […] The post विकासका काममा गति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

तनहुँ जलविद्युत आयोजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन

तनहुँ- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत आयोजना तोकिए कै समयमा सक्न निर्देशन दिएकी छन् । हिउँदको बेला विद्युत उत्पादन घटेर आयात गर्नुपर्ने बाध्यता रहेकाले जलाशाययुक्त १४० मेगावाटको तनहुँ जलविद्युत निर्माण तोकिएकै समयमा सक्नुपर्नेमा उनको जोड छ । ‘स्रोत साधान अभाव, नीतिगत समस्या, स्थानीय समस्याले काममा ढिलाइ नहोस् । तोकिए कै मिति […]

निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।

नलगाड जलविद्युत आयोजनाको डिपिआर चाँडै सक्न निर्देशन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सक्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन्।

१०२ मेगावाटको मध्यभोटेकोसी आयोजना दुई वर्षभित्र सक्न निर्देशन

ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुई वर्षभित्र सक्न निर्देशन दिएका छन्। ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तर रूपमा अगाडि बढाउन निर्देशन दिएका छन्। सचिव…