इटालीका गोलरक्षक जियानलुइगि डोनारुम्मा पेरिस सैन्ट जर्माइन(पीएसजी) मा आबद्ध हुनुभएको छ । २२ वर्षीय डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द् टुर्नामेन्ट’ घोषित हुनुभएको थियो । इटालीले इंग्ल्याण्डलाई यूरो कपको फाइनलमा पेनाल्टीमा हराउँदा डोनारुम्माले दुई गोल छेक्नुभएको थियो ।
एसी मिलानसँगको अनुबन्धन सकिएपछि पैरिस सैन्ट जर्माइन(पीएसजी)सँग पाँच वर्षे अनुबन्धन सम्झौता गर्नुभएको हो । उहाँले आफू पीएसजीमा आबद्ध हुन पाएकोमा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।