घोराही (दाङ), १८ असोज । घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्छिन्। कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उनी बताउँछिन्। “अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी लिन […]
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत स्पष्ट पार्ने बहस अघि बढेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षासहितको आर्थिक विकासलाई आफ्नो नीतिको आधार बनाउने संकेत गरेको छ। कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल […]
म्याड्रिड । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियामा बाढीसम्बन्धी आपत्कालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ। मौसमविद्हरूले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा […]
तुलसीपुर (दाङ), १८ असोज । भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…. । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ । शनिबारमात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालद्वारा जारी […]