राणाको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजदूत रुक़्मशमशेर राणाको निधनप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार बिहान राणा निवास बत्तीसपुतली पुगेर प्रधानमन्त्री देउवाले उनीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।दिवंगत राणाप्रति कांग्रेस महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतले श्रद्धाञ्जली दिएका छन् । राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका कान्छा छोरा हुन् । 

सम्बन्धित सामग्री

दक्षिण कोरियामा भएको भागदौडको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाँले घटनाले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।  — Sher Bahadur Deuba (@SherBDeuba) October 30, 2022

प्रधानमन्त्री देउवाद्वारा पार्टीको झण्डा ओढाएर गिरीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन […]

प्रधानमन्त्री देउवाद्वारा अवेको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका

प्रधानमन्त्री देउवाद्वारा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमणको दोस्रो दिन राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण गहेका छन् । शनिबार बिहान १०ः२५ बजे राजघाट पुगेका देउवा लगायत नेपाली प्रतिनिधिमण्डलले श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए । राजघाटपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीलाई भेट्न हैदराबाद हाउस पुगेका छन् । प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री देउवाद्वारा साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ३ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले वरिष्ठ साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन् । “वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” […]

लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायियका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् । मङ्गेशकरले दर्जनौं नेपाली गीतमा आवाज दिएको छिन् । उनको उपचारका क्रममा आज निधन भएको हो । The post लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली appeared first on राजधानी राष्ट्रिय दैनिक.