कानुन नमान्ने मिचाहा वर्गलाई कानुन मिचिरहन दिँदैनौँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन नमान्ने मिचाहा वर्गलाई कानुन मिचिरहन नदिने बताएका छन्। उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा उचित समयमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएका छन्। यस्तो छ प्रेस विज्ञप्ति :अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा […]

सम्बन्धित सामग्री

घुमघामका लागि बालेन इन्डोनेसियातिर

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घुमघामका लागि इन्डोनेसिया गएका छन् । उनी निजी भ्रमणको लागि इन्डोनेसिया गएको उनको सचिवालयले जानकारी दिएको छ। उनी मंगलबार बेलुकी परिवारका सदस्य र केही साथीहरुसहित इन्डोनेसिया भ्रमणमा निस्किएका हुन्। बालेन पुस २५ मा नेपाल फर्कनेछन्। मेयर भएपछि बालेनको यो पहिलो विदेश भ्रमण हो।

मेयर बालेन इन्डोनेसिया भ्रमणमा

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया गएका छन् । मेयर बालेन निजी भ्रमणको लागि इन्डोनेसिया गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । ‘हिजो (१९ गते) बेलुकी मेयरज्यू परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किनुभएको हो’, शाहले भने । उनका अनुसार बालेन २५ […]

बालेन विद्रोहको सन्देश

“चुनाव जित्ने कुरामा चुनौती छ तर असम्भव छैन, तपाईं हेर्दै जानुहोला म चुनाव जित्छु ।” चुनावअघि एक पत्रकारको प्रश्नमा बालेन साहले भनेका थिए । आज उनै बालेन काठमाडौँको मेयरमा मूलधारका पार्टीका उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । उनले सानै उमेरमा देशको सङ्घीय राजधानी रहेको काठमाडौंको नेतृत्व गर्ने अवसर पाए । चुनावअघि बालेनले जित्लान् भनेर कसैले कल्पना गरेको पनि थिएन । सामाजिक सञ्जालमा बालेनले चुनाव जिते भने म यसो गर्छु र उसो गर्छु भनेर होडबाजी गरेर बालेनलाई उडाउने र मजाक

बधाई बालेन

काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।...

उदाए बालेन

काठमाडौंले पुरातन दलहरूको पुरातन राजनीतिक शैलीको विकल्प खोजिरहेको छ भन्ने सन्देश ०७४ कै स्थानीय निर्वाचनमा दिइसकेको थियो । तर दलहरूले मतदाताको मन बुझेनन् । मतदाताले दलहरूको दलदलबाट उन्मुक्ति पाउने बाटो रोजे र बालेन उदाए ।

'स्याबास् बालेन स्याबास्' सार्वजनिक

काठमाडौं : काठमाडौं महानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका र्‍यापर बालेन साहलाई स्याबास् भन्दै 'स्याबास् बालेन स्याबास्' बोलको गीत सार्वजनिक भएको छ। नित्य डि कुँवरको शब्द, संगीत तथा स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। ७ हजार मत गन्न बाँकी रहँदा बालेन यतिवेला २१ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन्। उनले जित्ने पक्का भइसकेको अवस्थामा उनको आँट र सोचको कदर गर्दै 'स्याबास् बालेन स्याबास्' बोलको गीत सार्वजनिक भएको हो। गीतमार्फत बालेनलाई जनताको सार

काठमाडौँका ‘लेन’मा बालेन

बालेन आफ्ना निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा धेरै मतले अगाडि छन्। बालेन र सिर्जना बीचको मतान्तर गणना हुन बाँकी मत संख्या भन्दा अत्यधिक छ। त्यसैले बालेन अनौपचारिक मेयर भइसकेका छन्। मात्र औपचारिकताको पखाई...

काठमाडौंमा अब बालेन यात्रा

काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् । यस्तै, उपमेयरमा एमालेकी सुनिता […]

यी हुन् बालेन साहकी जान

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएसँगै उनको चर्चा सुरु भएको छ । बिहीबार बिहानै देखि बालेन साहकी श्रीमती सविना काफ्लेले छोरी जन्माएको समाचार विभिन्न अनलाइन मिडियाले छाए । उनलाई धेरैले त फोन नै गरेर बधाई पनि दिए । तर बालेनको श्रीमतीले नभई दाजु कौशल साहको श्रीमतीले छोरी जन्माएकी […]

काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।