जुम्लाको स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक …

सम्बन्धित सामग्री

जुम्लाको स्याउ बाहिरी जिल्ला पठाउन सिफारिस अनिवार्य

जुम्लाको स्याउ जिल्ला बाहिर पठाउन सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ।

कालिञ्चोकमा जुम्लाको स्याउ खेती गरिँदै

दोलखाको कालिञ्चोक गाउँपालिका– १ साविक कालिञ्चोक गाउँका किसानलाई जुम्लाको स्याउको विरुवा वितरण गरिएको छ । भौगोलिक हिसाबले उपयुक्त हावापानी भएकाले स्याउ उत्पादन हुने सम्भावना देखिएपछि गाउँपालिकाले स्याउको विरुवा वितरण गरेको...

भाउको पर्खाइमा जुम्लाको स्याउ

यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। जसबाट झन्डै १८ हजार मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।...

जुम्लाको स्याउ निर्यात

जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।...

सहकारी ब्राण्डमा जुम्लाको स्याउ

जुम्लामा उत्पादन भएको स्याउ अबदेखि सहकारी स्याउको नामबाट बजारमा आउने भएको छ । जिल्ला कृषि सहकारी संघ जुम्लाले सहकारीको नामबाट स्याउलाई बजारमा ल्याउन लागेको हो । संघका अध्यक्ष रामकृष्ण बुढामगरले स्याउलाई आगामी भदौदेखि बजारमा ल्याइने जानकारी दिए । सहकारीको नामबाट स्याउलाई बजारमा ल्याउन प्याकिङका लागि आवश्यक कार्टोन छाप्ने कार्य सकिएको संघले बताएको छ । स्याउलाई नेपालगञ्जसम्म हवाइजहाज र त्यहाँबाट काठमाडौं गाडीबाट ढुवानी गरिनेछ । भण्डारण र बजारका लागि काठमाडौंको भाटभटेनी सुपरमार्केटसँग छलफल भइरहेको केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बताए । जुम्ला कृषि सहकारी संघ केन्द्रीय सहकारी संघअन्तर्गतको एउटा जिल्ला संघ हो । यस वर्ष सहकारीको नामबाट १ सय ५० टन स्याउ बजारमा ल्याउन लागिएको छ । त्यसमध्ये ४० टन अग्र्यानिक प्रमाणीकरण गरिएको र बाँकी १ सय १० टन प्रमाणीकरण नभएको स्याउ रहेका छन् । सो स्याउ प्रतिकेजी रू. ७० का दरले बिक्री गरिनेछ । बिक्रीबाट आएको रकम स्थानीय स्याउ उत्पादक किसानलाई वितरण गरिने अध्यक्ष बुढामगरले बताए । निक्षेप फिर्ता करिब एक वर्षअघि खारेजीमा परेको नेपाल विकास बैंकका साना बचतकर्ताहरूको निक्षेप पुरै फिर्ता भएको छ । बैंकका लिक्विडेटर नारायण बजाजले अहिलेसम्म साना तथा ठूला बचतकर्ताका गरी कुल १९ करोड ९५ लाख रुपैयाँ भुक्तानी भइसकेको जानकरी दिएका छन् । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

बाँके– अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो […]

जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला : जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंच

जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला : जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंच

बोटमा नपाक्दै जुम्लाको स्याउ बजारमा

२७ साउन, खलङ्गा। जुम्लाको स्याउ किसानले बोटमा नपाक्दै बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा समेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु. ५० का दरले स्याउ बेचेका छन् […]