गाउँघरमा चहलपहल बढ्दो, सहर बजार सुनसान बन्दै

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । हिजो फूलपातीको दिन एक लाख जनाभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको...

सम्बन्धित सामग्री

रहेन ‘बाजेको मालाखेती बजार’ !

बाजेका पालकाको बजारका रुपमा रहेको मालाखेती हाटमा ४० को दशक अघिसम्म खुबै चहलपहल थियो। व्यापार व्यवसाय फस्टाएकै थियो। तर, जब पूर्व–पश्चिम राजमार्ग सुचारु भयो, त्यसपछि भने बिस्तारै बजार सर्दै गयो। मालाखेती सुनसान बन्दै गयो।...

दशैं लगत्तै सुनसान बन्दै गाडीका शोरुम

काठमाडौं । दशैं अगाडि केही चहलपहल बढेको अटोमोवाइल बजार फेरी सुस्त भएको छ । गाडीका शोरुमहरुमा दशैंपछि नयाँ गाडी किन्न जानेहरुको संख्यामा निकै कमी आएको हो । काठमाडौंको थापाथली, नक्साल, महाराजगंज, भक्तपुर लगायत क्षेत्रमा रहेका शोरुमहरुमा नयाँ गाडी किन्न जानेहरुको संख्या उल्लेख रुपमा घटेको ब्यवसायीहरु बताउँछन् । यसअघि कम्बस्चन गाडी बिक्री गर्ने शोरुमहरुमा ‘फुटफल’ कम […]

तराई–मधेसमा उखरमाउलो गर्मी, बिरामीको चाप बढ्न सक्ने

प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दामाथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन ।

स्थानीय सरकार बनेपछि सदरमुकामको चहलपहल शून्य बन्दै

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा राज्य पुनःसंरचना अनुसार गाउँतहमा स्थानीय सरकार बनेपछि भोजपुर सदरमुकामको चहलपहल दिनानुदिन घट्दै गएको छ । जिल्ला केन्द्रित अधिकार स्थानीय तहमा गएसँगै सर्वसाधारणको आवतजावतमा कमी हुन थालेपछि सदरमुकाममा चहलपहल घट्दै गएको हो । सदरमुकामको चहलपहल घट्न थालेपछि सदरमुकामको आर्थिक गतिविधिमा समेत ठूलो असर परेको छ । सरकारले नयाँ संरचनाअनुसार गत वैशाख ३१ मा स्थानीय तहको निर्वाचन घोषणा गरेपछि कर्मचारी र राजनीतिक दलका नेता कार्यकर्ताहरु गाउँ केन्द्रित भएपछि मान्छेको भिडभाड मच्चिने भोजपुर सदरमुकामका धेरै बजार र चौकहरु सुनसान बन्दै गएका छन् ।