तराई–मधेसमा उखरमाउलो गर्मी, बिरामीको चाप बढ्न सक्ने

प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दामाथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन ।