सत्ता गठबन्धनको बैठकमा आज निष्कर्ष निस्किएन, भोलि फेरि बस्ने

काठमाण्डाै – पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज साेमवार पनि निष्कर्षविहीन भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवरा बिहान साढे ११ बजे फेरि बैठक बस्ने र त्यो बैठकले सहमति जुटाउने कार्कीको भनाइ छ ।सत्तारुढ नेपाली क...

सम्बन्धित सामग्री

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको उपस्थीती रहेको छ।...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्ने बताइएको छ । सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन ।

राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रुष्ट छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई […]

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, बुधबार सिट बाँडफाँटको टुंगो लगाउने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको संयुक्त बैठक बसेको थियो । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे दुई सातादेखि छलफलमा छन् । तर, अहिलेसम्म टुंगो लागेको […]

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ– सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाहरूका सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धन दलहरूको बैठक बसिरहेको हो । दलहरू आ–आफ्नै अडानमा रहँदा यसअघिका बैठकहरू निष्कर्षविहीन बनेका थिए ।

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । चुनावी तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवारी टुंग्याईरहँदा सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिएको छ । पाँच दलीय गठबन्धनमा कसलाई कति प्रतिशत सिट बाँडफाँड गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस बाहेकका दलहरुले ०७४ सालको चुनावलाई आधार बनाउनु पर्ने तर्क […]

एमसीसीबारे निर्णयमा पुग्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बस्दैछ । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताईएको छ । नेकपा एकिकृत समाजवादीको शनिबार बसेको बैठकले संसदमा एमसीसी टेबल गर्न दिने निर्णय गरेपछि सत्ता गठबन्धन तत्कालको लागि जोगिएको छ । […]

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा  एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए ।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए ।  मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।