यस कारण घट्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ४९ प्रतिशतले घटेको छ । गत आवमा रू. ४६ लाख २७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा कम्पनीको नाफा रू. २३ लाख ३१ हजारमा सीमित भएको हो । चालू आवमा वृद्धि भएको अन्य सञ्चालन खर्च र सञ्चालन नाफामा कमी आउँदा कम्पनीको नाफा प्रभावित भएको हो ।  अन्य सञ्चालन खर्च गत आवको तुलनामा चालू आवमा १२७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च रू. २३ लाख ५६ हजार रहेकोमा चालू आवमा रू. ५३ लाख ६२ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशतले घटेको हो ।  चुक्तापूँजी रू. ४५ करोड २० लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ३ करोड ६३ लाख र रिटेन्ड अर्निङमा रू. ९३ लाख ६९ हजार सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा रू. ३ दशमलव ७९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा रू. १ दशमलव शून्य ३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३४ दशमलव ४० गुणा, तरलता अनुपात ३५ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ११ रहेको छ ।

सम्बन्धित सामग्री

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा ८७.४३ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ दशलमव ४३ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवमा रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ लाखमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशलमव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले पनि नाफा प्रभावित भएको हो ।  गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २८ लाख २४ हजार रहेकोमा चालू आवमा बढेर रू. ४३ लाख २३ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १३ लाख ७६ हजार ऋणात्मक छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा रहेकोमा चालू आवमा घटेर २ रुपैयाँ ८६ पैसामा झरेको हो । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२१ दशमलव २३ र तरलता अनुपात ९ दशमलव ७५ प्रतिशत छ ।  चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. ३२ करोड २९ लाख सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

साहस उर्जाको खुद नाफा ५४.३४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५४ दशमलव ३४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ५८ करोड १३ लाख नाफा कमाएकोमा चालू आवमा रू. २६ करोड ५१ लाखमा झरेको हो । चालू आवमा  कम्पनीको प्रशासनिक खर्च बढेको छ भने वित्तीय खर्च रू. १४ करोड ७१ लाखमा भन्दा बढी रहेको छ । यस कारण पनि नाफा घटेको देखिन्छ । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २५ लाख ७४ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ६७ लाख पुगेको छ ।  कम्पनीले २०७९ चैत १७ गतेबाट व्यावसायिक उत्पादन सुरु थालेको हो । उत्पादिन विद्युत बिक्रीको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरेको तथा बिल बमोजिम रकम भुक्तानीको क्रममा रहेको कम्पनीले जनाएको छ । यस कारण पनि कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । चालू आवमा कम्पनीले विद्युत बिक्रीबाट रू. २१ करोड ८० लाख आम्दानी गरेको छ । गत आवमा कम्पनीले विद्युत उत्पादन गरी बिक्री शुरु गरेको थिएन ।  कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ५० करोड रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव १०(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ५१ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ६९ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

यस कारण घट्यो समीट लघुवित्तको नाफा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६२ दशमलव ३४ प्रतिशत घटेको छ ।  गत आवमा कम्पनीले रू. ११ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ४२ लाखमा झरेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३० प्रतिशत र सञ्चालन नाफा ६२ दशमलव ३४ प्रतिशत घटेको छ । कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा पनि घटेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम  बापतको ब्यवस्थामा रू. २ करोड २७ लाख छुट्याएकोमा चालू आवमा रू. ४ करोड ९४ लाख छुट्याएको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ  । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ७६ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव १६ प्रतिशत पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ५६ करोड १० लाख रहेको छ । जगेडामा कम्पनीले रू. १७ करोड ८९ लाख सञ्चिती गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ५०(वार्षिक), मूल्य आम्दानी अनुपात ७९ दशमलव ५३ गुणा,तरलता अनुपात ३ दशमलव ३९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ९० कायम भएको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

यस कारण घट्यो आत्मनिर्भर लघुवित्तको नाफा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ६ करोड १६ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४ करोड ४६ लाखमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ ।  त्यसैगरी कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा घटी नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. २४ लाख ८७ हजार छुट्याएकोमा चालू आवमा रू. १ करोड ३३ लाख छुट्याएको छ । त्यस्तै गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशत घटेको छ ।  चुक्तापूँजी रू. ६ करोड २३ लाख रहेको कम्पनीले जगेडामा रू. २१ करोड सञ्चित गरेको छ । कम्पनीले रू. ८ करोड ५३ लाख  सापटी लिएर र रू. ८३ करोड ९४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब २७ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।

यस कारण घट्यो एनएमबि लघुवित्तको नाफा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. ७ करोड २५ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ५० लाख ३२ हजारमात्र नाफा कमाएको छ । चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा धेरै रकम छुट्याउँदा नाफा प्रभावित भएको देखिन्छ । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा रू. २ करोड ११ लाख छुट्याएकोमा चालू आवमा रू. ४ करोड ९२ लाख छुट्याएको छ ।  चुक्तापूँजी रू. ६५ करोड ५८ लाख रहेको कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म रू. ३७ करोड ४७ लाख सञ्चित गरेको छ । रू. २ अर्ब ९५ करोड सापटी र रू. १ अर्ब ८१ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब ४१ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ५३, तरलता अनुपात ८ दशमलव ६० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव १४ रहेको छ ।

शिवम् सिमेन्ट्सको नाफा करीब २३ % घट्यो, कारण यस्तो छ

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३२ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ४२ करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २२ दशमलव ९९ प्रतिशत कम खुद नाफा गरेको हो ।  यस वर्ष कम्पनीको कुल आम्दानी साढे २० प्रतिशत कम भएकाले खुद नाफा घटेको हो । गत वर्ष रू. ४ अर्ब ६१ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ अर्ब ३३ करोडभन्दा बढी कुल खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ अर्ब ७० करोडभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १४ दशमलव ९६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव ८५ रहेको छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

किन घट्यो किसान लघुवित्तको खुद नाफा ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ दशमलव ५० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ५२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १५ लाख ८२ हजारमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत  घटेको छ । त्यस्तै कम्पनीले गत वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ४ लाख छुट्याएकोमा चालू आवमा रू. ६ करोड ७ लाख छुट्याएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड १९ लाख ऋणात्मक रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ४७ करोड १३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३५ करोड २२ लाख सञ्चित गरेको छ । कम्पनीले रू. ४ अर्ब ७४ करोड सापटि लिएर,रू. १ अर्ब ४३ करोड  निक्षेप संकलन गरेर रू. ६ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ६७(वार्षिक), तरलता अनुपात ३ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ७२ छ ।

खप्तड लघुवित्तको घट्यो नाफा, कारण छ यस्तो

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. २१ लख ८० हजार नाफा कमाएकोमा चालू आवमा रू. ४ लाख ७२ हजारमा झरेको हो । चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नाफा प्रभावित भएको हो । कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याएको थिएन भने चालू आवमा रू. ११ लाख ९ हजार छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ६४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४६ लाख ६१ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७६ लाख ४४ हजार पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ४ करोड रहेको छ भने जगेडामा रू. १८ लाख ९१ हजार सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशलमव १८ (वार्षिक), तरलता अनुपात ४४ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ७३ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्यो, खुद नाफा ३ अर्ब ७९ करोड

नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैङ्कले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैङ्कको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण ख

तीन महीनामा वाणिज्य बैंकहरूले कमाए आधा खर्ब खुद नाफा

काठमाडौं । कोभिड प्रभावित वर्ष भए पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले राम्रै नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूले तेस्रो त्रैमासमा रू. ५० अर्ब ७४ करोड नाफा कमाउन सफल भएका छन् । कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि बैंकहरूले गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा खुद नाफा १२ दशमलव १४ प्रतिशत वृद्धि गरेका छन् । यसअवधिमा बैंकहरूले करीब साढे ५ अर्ब रुपैयाँ थप कमाएका छन् । बैंकले यसअघि उठ्न बाँकी ब्याज (प्रोभिजनिङ) बाट र शेयर लगानीबाट आम्दानी गर्दा समग्रमा खुद नाफा बढ्न योगदान पुगेको बैंकरहरू बताउँछन् । यो वृद्धि गत आवको तेस्रो त्रैमासको तुलनामा राम्रो भएको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको थियो अर्थात रू. १ अर्ब ५ करोड मात्रा थप नाफा कमाएका थिए । त्यसअवधिमा खुद नाफा करीब रू. ४५ अर्ब थियो । यसको तुलनामा चालू आवमा सन्तोषजनक नाफा भएको बैंकरहरू बताउँछन् । बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज र विभिन्न सेवा शुल्क हुन् । गत आवको तुलनामा यसपटक ब्याज आम्दानीभन्दा सेवा शुल्कको आम्दानी बढी देखिएको छ । बैंकहरूले चैतसम्ममा ९५ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोहीअवधिमा यस्तो आम्दानी  ९८ अर्ब ८ करोड रुपैयाँ थियो । चालू आवको ९ महीनासम्ममा खुद शुल्क आम्दानी रू. १९ अर्ब ६३ करोड भएको बैंकको वित्तिय विवरणले देखीन्छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी रू. १७ अर्ब ७५ करोड थियो । यसपटक ६ अर्ब ६८ अर्ब कर्जा प्रवाह बढे पनि बैंकहरूको ब्याज आम्दानी घट्नुको कारण कर्जा–निक्षेप ब्याजदर अन्तर कम हुने हो । बैंकहरूको बीचमा तीव्र प्रतिस्पर्धा हुँदा कर्जा–निक्षेप ब्याजदर अन्तर घटेकाले समग्रमा बैंकहरूको ब्याज आम्दानी घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘कर्जा प्रवाह बढेअनुसार ब्याज आम्दानी धेरै बढ्नुपथ्र्यो तर यसपटक बढेन ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालका अनुसार अहिलेको नाफा बढ्नुको कारण प्रोभिजनिङमा रहेको रकम केही मात्रामा फिर्ता आउनु हो । ‘अब प्रोभिजनमा धेरै छैन, क्रमशः घट्दै छ । शेयरमा लगानी गरेकाले यसको आम्दानी बढ्दा समग्रमा नाफा बढेको देखिन्छ,’ उनले अभियानसँग भने । यसअवधिमा सानिमा बैंकले १८ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १४ दशमलव ६७ प्रतिशत अर्थात् २३ करोड ७४ लाख रुपैयाँ बढी हो । गत आवको चैतमा कोभिडको प्रभाव वित्तीय विवरणमा परेको बताउँदै उनले अब वैशाख १६ गतेदेखि भएको बन्दले पनि बैंकको आम्दानीमा प्रभाव पर्ने उनको भनाइ छ । ‘कोभिड लम्बिए धेरै असर गर्छ,’ उनले भने । तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा कमाउने मामलामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा पनि यो बैंक अग्र स्थानमा थियो । जनता बैंकलाई प्राप्ति गरेको ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाउँदै नााफा आर्जनमा दोस्रो बनेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा आएको छ । कर्जा प्रवाहमा अगाडि रहेको एनआईसी एशिया बैंकले भने रू ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा रहेको छ । आधा दर्जन बैंकको नाफा घट्यो प्रकाशित वित्तीय विवरणअनुसार आधा दर्जन वाणिज्य बैंकको खुद नाफा घटेको छ । वित्तीय विवरणअनुसार सेञ्चुरी बैंकको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा ६० दशमलव ८९ प्रतिशतले घटेर ३५ करोड ८१ लखमा सीमित भएको छ । गत आवको सो अवधिमा यस्तो नाफा रू ९१ करोड ५७ लाख रहेको थियो । मर्जरको कदम चाल्न लागेको हिमालयन बैंकको खुद नाफा ४४ दशमलव ४५ प्रतिशतले खुम्चिएको छ । तेस्रो त्रैमासमा रू. १ अर्ब २८ करोड नाफा गरेको छ । गत वर्ष २ अर्ब २१ करोडको नाफा गरेको थियो । नेपाल एसबीआई बैंकको खुद नाफा वृद्धि ३८ दशमलव ९१ प्रतिशतले घटेको छ । एभरेष्ट बैंकको ३५ दशमलव ९३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३४ दशमलव ३४ प्रतिशत र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको ५ दशमलव ५५ प्रतिशतले खुद नाफा घटेको वित्तीय प्रतिवेदनले देखाएको छ । वितरणयोग्य नाफामा सुधार खुद नाफा वृद्धि घटे पनि बैंकहरूको वितरण योग्य नाफामा भने संकुचन देखिएको छैन । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण्ण अनुसार २७ ओटै बैंकको वितरणयोग्य नाफा गत आवको भन्दा सुधारीएको छ । समग्रमा वाणिज्य बैंकको वितरणयोग्य नाफा ३५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आव यस्तो नाफा १२ अर्ब रुपैयाँ मात्र थियो । अझ आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । गतवर्ष ब्याज आम्दानी हुन नसकेपछि नाफा प्रभावित भएको थियो । उठ्न बाँकी आम्दानीलाई पनि एनएफआरएस प्रणालीमार्फत देखाउनुपर्ने भएकाले नाफा बढेको मात्र देखिएको थियो । तर, यसलाई लेखापद्धतिअनुसार वितरणयोग्य नाफामा देखाउन नमिलेर त्यस्तो देखिएको बैंकरहरूले बताएका थिए ।