सिवाईसी नेपाल लघुवित्तको खुद नाफा ८७.४३ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ दशलमव ४३ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवमा रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ लाखमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशलमव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले पनि नाफा प्रभावित भएको हो ।  गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २८ लाख २४ हजार रहेकोमा चालू आवमा बढेर रू. ४३ लाख २३ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १३ लाख ७६ हजार ऋणात्मक छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा रहेकोमा चालू आवमा घटेर २ रुपैयाँ ८६ पैसामा झरेको हो । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२१ दशमलव २३ र तरलता अनुपात ९ दशमलव ७५ प्रतिशत छ ।  चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. ३२ करोड २९ लाख सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सिवाईसी नेपाल लघुवित्तको नाफा ११.६० प्रतिशत घट्यो

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ११ दशमलव ६० प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड ३८ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड १० लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा २६ दशमलव ९७ प्रतिशत घटेको छ ।  कम्पनीको खुद  ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ८ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १२ करोड १४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १३ करोड १८ लाख पुगेको हो ।  कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २४ पैसा रहेकोमा चालू आवमा घटेर रू. १५ रुपैयाँ ८४ पैसामा सिमित भएको हो ।  चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३० करोड ४५ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६७ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ६४ लाख रहेको छ ।  रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

निष्क्रिय कर्जा बढेसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९२ दशमलव २९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ९ करोड ९९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ७७ लाख ७ हजारमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकोले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ९७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ९ दशमलव ८४ प्रतिशत पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०९ रूपैयाँ ५२ पैसा रहेकोमा चालू आवमा घटेर ३ रूपैयाँ ८५ पैसा (वार्षिक) मा झरेको छ ।  कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ११ दशमलव ३९ प्रतिशत बढेको छ । गत आवमा कम्पनीले रू. १५ करोड ७७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १७ करोड ५७ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६४ लाख रहेको छ । कम्पनीले जगेडामा रू. २४ करोड ६७ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड २४ लाख सञ्चित गरेको छ । कम्पनीको तरलता अनुपात ११ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१६ दशमलव शून्य ३ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

सिवाईसी नेपाल लघुवित्तले आईपीओले पायो एनपी डबल बी माइनस रेटिङ

असोज २२, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ ।  केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।  कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा रू. ५ करोड १८ लाख २५ हजार नाफा गरेको हो ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाएकाले नाफा बढ्नमा टेवा पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छ्ट्याएका कारण सञ्चालन नाफा भने ऋणात्मक रहेको छ ।  कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको हो । चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ५० % ले वृद्धि

साउन २४, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ५ करोड १८ लाख २५ हजार कमाएको छ ।  गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफामा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छ्ट्याएका कारण सञ्चालन नाफा ऋणात्मक रहेको छ ।  कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको छ । चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडा कोषमा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढाएको हो ।  कम्पनीले ३ लाख ९५ हजार ३३५ दशमलव ९७ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । सो सम्बन्धमा लघुवित्त र क्यापिटल बीच आईपीओ निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।  आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा १४६ % बढ्यो

वैशाख २६, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू.१ करोड ९३ लाख ३२ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ४ करोड ७७ लाख १३ हजार नाफा कमाएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।   गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशतले वृद्धि भएको छ ।  साथै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २३ लाख ८२ हजार खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू. ८ करोड ९१ लाख ४ हजार सञ्चित गरेको छ । कम्पनीले हालसम्म आईपीओ भने निष्कासन गरेको छैन ।