राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बुधबारदेखि निर्वाचन आयोगमा दर्ता हुँदैछ। आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बिजुली बजारमा भेला भएका छन्। सबै नेताहरु भेला भएर दिउँसो १ बजेसम्म निर्वाचन आयोग पुग्ने र पार्टी दर्ता गर्ने जानकारी राजपा नेता मनीष सुमनले सेतोपाटीलाई दिए। तराई-मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बने पनि यो पार्टी दर्ता भएको थिएन।…