लुम्बिनी प्रदेश कांग्रेस सहमहामन्त्री खनालको राजीनामा

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै नैतिकताका आधारमा राजिनामा दिनुभएको हो । २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिर

लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । साथै जनमत पार्टीबाट मन्त्री बन्नुभएका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिनुभएको छ । उहाँले आफूले मुख्यमन्त्री समक्ष राजीनामा …

जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजय

माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए पदबाट राजीनामा

बुटवल : नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयंम…

लुम्बिनी प्रदेश प्राधिकरणको सिइओमा पोख्रेल नियुक्त

लुम्बिनी प्रदेश प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छवि पोखरेललाई नियुक्त  गरिएको छ ।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार नवनियुक्त सिइओ पोखरेललाई सपथग्रहण गराउँदै प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले  त्यसलाई पूर्णता दिन निर्देशन  दिए ।प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि मन्त्री परिषद्को बैठकबाट प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा पोखरेललाई नियुक्त गरिएको हो ।  नब नियुक्त प्रम

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुखले दिए राजीनामा

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिनु भएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै राजिनामा दिएको घोषणा गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘देश प्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्नु […]

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रमुख घिमिरेले दिए राजीनामा

दाङ : लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सिइओ नियुक्त गरेको थियो।उनले  सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘देशप्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्नु उचित ठानेँ।’ उनले राजीनामा दिनुको मुख्य कारण भनेको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्का रद्द गर्नु हो।०७

लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादीबीच भयो यस्तो सहमति

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

लुम्बिनी - राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ । डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनु...