कर घटे पनि यसकारण पेट्रोल डीजलको मूल्य अझै बढ्न सक्छ

के सरकारले पेट्रोल र डीजलमा पूर्वाधार कर घटाएकोमा तपाईँ खुसी हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँको खुसी धेरै बेर नटिक्न सक्छ। नेपाल आयल निगम स्रोतका अनुसार सरकारले यही असार मसान्तसम्मका लागि मात्रै पूर्वाधार कर कटौती गर्ने निर्णय गरेको हो।'यो भनेको ४२-४३ दिनका लागि मात्रै पूर्वाधार कर घटाइएको हो, सधैँका लागि होइन,' निगम स्रोतले भन्यो।अझ पूर्वाधार कर घटाएर मूल्य पनि घटाउने कुराको अर्थ स्पष्ट भइनसकेकोले अब के गर्ने भन्नेबारे निगमका पदाधिकारीहरू नै अन्योलमा देखिन्छन्।'अब पूर्वाधार कर कटौतीसम्बन्धी अर्थ मन्त्रालयको पत्र प्राप्त भएपछि मात्रै के गर्ने भन्नेबारे निगमको सञ्चालक समितिले निर्णय गर्ला,' प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले भने।निगम स्रोतका अनुसार पूर्वाधार कर कटौती गरेर पनि सरकारले यदि मूल्य समायोजन गर्न भन्यो भने भाउ घट्नुको साटो अझ बढ्नेछ किनकि परल मूल्यमा अझै विक्री गर्ने गरिएको छैन।यो कुराको निगमले बुधवार सार्वजनिक गरेको विज्ञप्तिमा पनि सङ्केत गरेको छ।'यदि अन्तर्राष्ट्रिय मूल्य नघट्ने र यही बिन्दुमा स्थिर रहिरहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री-वितरण सहज बनाइराख्नका लागि पेट्रोल, डीजल र एलपी ग्यासको खुद्रा विकी मूल्य लागतसरह नै हुनेगरी कायम गर्नुपर्ने स्थिति रहेको छ।'करमा के भएको हो?कर कटौती गरेर भए पनि उपभोक्तालाई राहत दिनुपर्ने आवाज उठिरहँदा सरकारले पेट्रोल र डीजलमा लगाउँदै आएको पूर्वाधार कर घटाएको छ। योसँगै राज्यले असुल्दै आएको पूर्वाधार करमा प्रतिलिटर पेट्रोल र डीजलमा १०-१० रुपैयाँ घटेको छ।कर कटौती भएपछि थोरै भए पनि मूल्य घट्ला कि भन्ने सर्वसाधारण उपभोक्ताको अपेक्षा थियो। पेट्रोलियम पदार्थको लागत मूल्यपछि त्यसमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर जोडिने गरेको छ।त्यसमा भन्सार शुल्क, सडक मर्मत-सम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्कलगायत समेटिन्छ।पछिल्लो मूल्यसूची के छ?निगमले इन्डियन आयल कर्पोरेशनबाट बुधवार प्राप्त नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सूचीअनुसार निगमको खरिद मूल्य पेट्रोल प्रतिलिटर रु. २०२.९३, डीजल रु. १८२.७३, मट्टितेल रु. १४७.९२ र एलपी ग्यास प्रतिसिलिन्डर रु. २५५१.१५ रहेको छ।निगमले अहिले पेट्रोल प्रति लिटर १७० ,डिजेल प्रति लिटर १५३ रुपैयाँ र मट्टीतेल प्रति लिटर १५३ रुपैयामा र एलपी ग्यास प्रतिसिलिन्डर रु.१,८०० मा विक्री गरिरहेको छ।हवाई इन्धन र मट्टितेल बाहेकमा अझै घाटा बेहोर्नुपरेको निगमले दाबी गरेको छ।मूल्यबारे मन्त्रालय के भन्छ?उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो प्रस्तावअनुसार नै सरकारले बजेटमार्फत्‌ पेट्रोल र डीजलमा पूर्वाधार कर हटाएको जनाएको छ।'त्यो हामीले नै गरेको प्रस्ताव थियो, बजेटमार्फत्‌ आएको छ। कार्यान्वयन भन्सार कार्यालयले गर्ने हो,' मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने।पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्ने कुरा निगमको सञ्चालक समितिको भएको उनले बताए।'मन्त्रालयले नीतिगत विषय हेर्ने हो। मूल्यसम्बन्धमा निगमको सञ्चालक समितिले निर्णय गर्ला,' प्रवक्ता रेग्मीले थपे।आयल निगम के भन्छ?आयल निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर रु. २२.९३, डीजलमा रु.१९.७३ र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ७५१.१४ घाटा रहेको छ।'पन्ध्र दिनमा अझै पनि ती अर्ब साढे सात करोड रुपैयाँ र एक महिनामा छ अर्ब १५ करोड रुपैयाँ घाटाको स्थिति भएकोले मूल्य घटाइहाल्ने अवस्थामा हामी छैनौँ,' निगमका प्रवक्ता विनितमणि उपाध्यायले बीबीसीसँग भने।इन्डियन आयल कर्पोरेशनलाई जुन महिनाका लागि करिब ३२ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ।'तर यस अवधिमा इन्धन विक्रीबापत सङ्कलन हुने रकमबाट करिब १० अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न सक्ने स्थिति देखिएको छ,' निगमले भनेको छ।उपभोक्ता अधिकारवादी के भन्छन्?बढ्दो महँगीबीच पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएकोमा सर्वसाधारण तथा उपभोक्ता अधिकारवादीले सरकारको चर्को आलोचना गर्दै आएका छन्।'भन्सार कर र मूल्य अभिवृद्धिकर हटाएर सरकारले उपभोक्तालाई राहत दिनुपर्‍यो,' उपभोक्ता अधिकारवादी विमला खनालले भनिन्।तर सरकार आफैँ महँगीको समस्यालाई सम्बोधन गर्ने विषयमा इच्छुक नदेखिएको उनको आरोप छ। -बिबिसीबाट 

सम्बन्धित सामग्री

बढ्न थाल्यो गर्मी, भैरहवाको तापक्रम ३४.५ डिग्री पुग्यो

देशभर गर्मी बढ्न थालेको छ। हिउँद ऋतु सकिँदै गर्दा नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्न थालेको हो।...

रारामा बढ्न थाल्यो फोहोर

मुगु – रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ। विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर देखिने गरेको छ। फोहरमैलाको उचित व्यवस्थापनको भरपर्दो माध्यम नहुँदा बिस्कुट, चाउचाउ, पानी र बियरका बोतल, चक्लेटलगायतका प्लाष्टिक र कागज थुप्रिन थालेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै […]

गाउँमा बढ्न थाल्यो चहलपहल

नेपालीहरुको महान चाड दसैँ आगनमै आएसंगै गाउँघरमा चहलपहल सुरु भएको छ। अहिले जुम्लाको सदरमुकाममा खलंगाबाट आ-आफ्नो घर फर्किनेहरु बढ्न थालेका छन्।...

चाडपर्वलक्षित व्यापारले बढ्न थाल्यो कर्जाको माग

लामो समयदेखि आर्थिक क्रियाकलाप संकुचित बन्दा कर्जा प्रवाह बढ्न सकेको थिएन । तर, भदौ लागेयता कर्जा प्रवाह बढ्न थालेको बैंकरहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको...

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड महामारीले घटेका चिनियाँ पर्यटक बढ्न थालेका छन् । चीन सरकारले १५ मार्च २०२३ देखि आफ्ना नागरिकका लागि निर्बाध घुम्न पाउने गन्तव्य राष्ट्रमा सूचीकृत गरेसँगै चिनियाँ बढ्न थालेका हुन् ।सन् २०२३ को...

बढ्न थाले चिनियाँ पर्यटक

कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच …

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डाै - देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ । विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् । रुपन्देहीको भीम अस्पताल भै...

हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका हुन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, […]

चीनमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमिता व्यक्तिको संख्या बढ्न थालेको स्वास्थ्यअधिकारीले बताएका छन्।

बढ्न थाल्यो तापक्रम, अब बिस्तारै गर्मी बढ्ने

काठमाण्डाै - पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ । जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित  देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ द...