बढ्न थाल्यो तापक्रम, अब बिस्तारै गर्मी बढ्ने

काठमाण्डाै - पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ । जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित  देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ द...