बससेवाले सुरू गर्यो दशैँका लागि अनलाइन टिकट बुकिङ्ग,  मोबाईलबाटै सबै गन्तवयको टिकट काट्न सकिने

नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सकिनेछ । बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।  साथै दशैँमा गएका यात्रुहरूले पर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।...

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सले सुरु गर्‍याे अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट काट्ने सेवा

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएकाे छ । जसकाे लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हाे । उहाँले भन्नुभयाे,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको […]

असोज १ गतेदेखि दशैंका लागि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै गर्न सकिने भएको छ । बुधबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसको अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।   अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नुपर्ने सहमति भएको छ । दशैं मनाउन घर जानेहरूलाई लक्षित गर्दै असोज १ गते...

अग्रिम टिकट बुकिङ ३५ हजार

काठमाण्डाै – दशैँमा घर जाने यात्रुका लागि यातायात व्यवसायीले अनलाइन टिकट बुकिङ गर्ने व्यवस्था गरेका थिए । बस सेवा, बस सेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल लगायतका वेबसाइट तथा मोबाइल एपमा गएर आफ्नो गन्तव्य छानेर सहजै टिकट लिन सकिने भनिएको थियो ।  कतिपय यात्रुले यसैगरी अनलाइनबाट टिकट पनि लिए । तर धेरै यात्रु भने अनलाइन टिकटको बारेमा थाहा नभएको र आफूले जान खोजेको ठाउँमा अनलाइनबाट टिकट लिन नसकिएको बताउँछन् । सप्तरी घर जानको लागि नयाँ बसपार्कमा भेटिएका बेचु यादवले आफूलाई अनलाइन ट...

नयाँ बसपार्क पनि अनलाइन टिकटमा

समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ । बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन ।