काठमाण्डाै – दशैँमा घर जाने यात्रुका लागि यातायात व्यवसायीले अनलाइन टिकट बुकिङ गर्ने व्यवस्था गरेका थिए ।
बस सेवा, बस सेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल लगायतका वेबसाइट तथा मोबाइल एपमा गएर आफ्नो गन्तव्य छानेर सहजै टिकट लिन सकिने भनिएको थियो ।
कतिपय यात्रुले यसैगरी अनलाइनबाट टिकट पनि लिए । तर धेरै यात्रु भने अनलाइन टिकटको बारेमा थाहा नभएको र आफूले जान खोजेको ठाउँमा अनलाइनबाट टिकट लिन नसकिएको बताउँछन् ।
सप्तरी घर जानको लागि नयाँ बसपार्कमा भेटिएका बेचु यादवले आफूलाई अनलाइन ट...