आवश्यक परे मन्त्रीको संख्या अझै थपिन सक्छः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणका लागि व्यवस्थापिकाको कार्यक्षेत्रभित्र हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन्। आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण सरकारको चासोको विषय भएको बताए। ‘नीति तथा कार्यक्रममा प्रदेशको नाम टुंग्याउने भन्ने कुराले व्यवस्थापिकाको कार्यक्षेत्रमाथि अतिक्रमण हुन्छ […]

सम्बन्धित सामग्री

गठबन्धनमा शान्ति कायम गर्न मन्त्रालय बढायौँ : मुख्यमन्त्री राई

राजनीतिक हिसाबले सही व्यवस्थापन नहुँदा १२/१५ वर्ष देश युद्धमा गएको बताउँदै पार्टी र गठबन्धनमा शान्ति स्थापनाका लागि मन्त्रालयको आकार बढाइएको उनको भनाइ थियो । ‘मन्त्रीको संख्या नबढाएको भए अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार हुने थिएन,’ राईले भने, ‘के म ६ महिनासम्म मन्त्रीमण्डल विस्तार नगरी बस्न सक्छु ?’

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्ः केही समयपछि मन्त्रालयको संख्या बढाउँछौँ

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन सरकारले केही समयपछि मन्त्रालय विस्तार गर्ने बताएका छन्। विराटनगरस्थित नेपाल पत्रकार महासंघको शाखामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गठबन्धनलाई भाग पुर्‍याउने भन्दा पनि काम चुस्त बनाउनका लागि मन्त्रिपरिषद् विस्तार गर्नु उपयुक्त हुने मुख्यमन्त्री राईले बताए। सरकार आर्थिक भार र भौतिक व्यवस्थापनको आन्तरिक अध्ययन टुंग्याएर केही मन्त्रालय विस्तार गर्नेतर्फ […]

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्छु : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताएका छन्।मुख्यमन्त्रीको मंगलबार शपथग्रहणपछि राईले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।मुख्यमन्त्री राईले २३ गते नभए २५ गते विश्वासको मत लिने बताए।उनले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताए।'पहिले हामी विश्वासको मत लिने काम गर्छौं,' उनले भने, ‘त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्य