प्रदेश १ को नामकरण मेरै कार्यकालमा हुन्छ, मन्त्रालयको संख्या ९ देखि ११ सम्म पुग्छः मुख्यमन्त्री राई

काठमाडौं, कात्तिक १७ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो कार्यकालभित्रै प्रदेशको नाम टुंगो लाग्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राईले भने, “प्रदेशको नामकरण प्रदेश सभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले सत्ता गठबन्धन र एमाले […]

सम्बन्धित सामग्री

पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न  : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत :  मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामकरण टुङ्गो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताए । उनले यस अघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरूलाई जिम्मा लगाएको दाबी गरेका हुन् । मंगलवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले भने, &lsqu

१५ साउनमा प्रदेश नामकरण प्रक्रिया सुरु हुन्छ : मुख्यमन्त्री राई

मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरण प्रक्रिया १५ साउनदेखि सुरु हुने बताएका छन् ।

प्रदेश १ को नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुनसक्छ : मुख्यमन्त्री राई

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएकाछन् ।  साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारे सजग रहन पनि आग्रह गरे ।  प्रदेश नामकरणका लागि प्रदेश सभ

हिउँदे अधिवेशनबाटै प्रदेश १ को नामकरण गर्छौं : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेश सभाको चालु हिउँदे अधिवेशनबाट नै टुंगो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले मंगलबार भिडियो वक्तव्य जारी गरी चालु हिउँदे अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने बताएका हुन् ।

प्रदेश नामकरण अनिश्चित : मुख्यमन्त्री राई

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण अनिश्चित रहेको बताएका छन् । नामकरणको प्रस्ताव पारित गर्न मुख्य साँचो नेकपा (एमाले) रहेकोले उसको साथ बिना अप्ठेरो अवस्थामा रहेको राईको भनाइ छ ।

प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाइनेछः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्।...