धनगढी- डडेल्धुरामा मोटरसाइकल र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ। आलिताल गाउँपालिका- १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको युके ०६ बिसी २११२ नम्बरको भारतीय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक-आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे। दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका- ४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको […]