संघीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौँ– संघीय संसदको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं- संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।  संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ । ...

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ– संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ। अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा […]

संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्  ।   आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  संसदमा चोली चैत्र २ गते प्रधान न्यायधिश चोलेन्द्र समशेर जबरा विरुद्द दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसुची थियो । प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध गर्दै आएको थियो । संघीय संसद सचिवालयले दुवै सदन अन्त्य भएको सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ 'सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८/१२/०१ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्वत् २०७८ साल चैत १ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल फागुन २९ गतेको प्रतिनिधि सभाको बैठकबाट चैत २ गते बुधबारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल माघ १६ गते आइतबार अर्को सूचना नभएसम्मको लागि सूचनाद्वारा स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमश: प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

संघीय संसदका दुवै सदनका चालु अधिवेशन अन्त्य (सूचनासहित)

संघीय संसदका दुबै सदनका चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै अधिवेशन अन्त्य गरेकी हुन् । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार सुचना जारी गर्दै नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको जानकारी दिएका छन् । गत फागुन २९ गते बसेको बैठकमा सभामुख अग्नि सापकोटाले चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेका थिए ।राष्ट्रियसभाको बैठक अर्को सूचना

राष्ट्रियसभाको चालु अधिवेशन सकियो

काठमाडौं। राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३(२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन्। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार जारी सूचनामा आज राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको उल्लेख गरेका छन्। साथै मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको बैठक पनि स्वत्तः अन्त्य भएको जनाइएको छ।