राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकृत भएर बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।
पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन् । महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने गरी आयोगमा दल दर्ताको निवेदन दिइएको छ ।