विराटनगर– प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक बिदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक बिदा दिने भएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेँगुको उपचार गराइरहेका थापाको बुधबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको थियो । […]