पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल शुरू भएको छ ।
लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता शुरू भएको हो । दुवै नेता दिउँसो करीब सवा २ बजे होटल गरेका हुन् ।
बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् ।
ओलीसँग भेट्नुअघि नेता न...