दाङ : छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी दाङमा दुईजनाको मृत्यु भएको छ। घोराही–धारापानी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक तथा गढवामा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा रा ४ प २७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो। मंगलवार धारापानी मेला हेर्न गएका चौधरी अटोरिक्सामा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्