काठमाडौं, ११ वैशाख । काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही […]