काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी आज अपरान्ह चार बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।पाकिस्तानबाट अफगानिस्तान पुगेका वाङ हिजो नयाँ दिल्ली पुगेका छन्। त्यहाँबाट सिधै काठमाडौं अवतरण गर्नेछन्। चिनियाँ टोली २५ सदस्य