स्वास्थ्य कार्यालय डोटीलाई २२ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण

डोटी – वर्ल्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सीडीसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई अक्सिजन सिलिन्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।  कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न २२ लाख ६४ हजार रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष सेरबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० थान ४६ लिटरको अक्सिजन सिलिन्डर, ७० थान पल्स अक्सिमिटर, ७० थान थर्मल टेम्प्रेचर गन, पीपीई सेट, पाँच लिटर स्यानिटाइजर, पाँच हजार थान मास्क...

सम्बन्धित सामग्री

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

धनगढी । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेटर निःशुल्क उपलब्ध गराएको छ । गत बिहीवार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको भन्दै उक्त संस्थाप्रति आभार व्यक्त गरे । ‘कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ,’ उनले भने । निर्देशक बस्नेतले कोभिड–१९ को महामारीपछि नेपाल सरकारले सहयोगका लागि विश्वव्यापी रुपमा गरेको आग्रहबमोजिम हेक्याफको पहलमा सेवामूलक अन्तरराष्ट्रिय गैरसरकारी संस्था चुजी फाउण्डेशनबाट भेन्टिलेटर प्राप्त भएको बताए । ‘तेस्रो लहरको कोरोना भाइरस फैलिए बालबालिकालाई बढी असर पार्न सक्ने भनिएको छ,’ उनले भने, ‘दातृ निकायसँग समन्वय गरेर उपलब्ध गराइएको भेन्टिलेटर बालबालिकासहित सबै उमेरका नागरिकको उपचारमा प्रयोग गर्न मिल्नेछ ।’ हेक्याफले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर देशभरिका विभिन्न अस्पतालमा जम्मा २६५ थान यस्ता भेन्टिलेटर उपलब्ध गराउन लागेको छ । प्रतिगोटा यो भेन्टिलेटरको बजार मूल्य झण्डै २२ लाख पर्ने बताइएको छ । केही दिनअघि कञ्चनपुरको महाकाली अस्पतालमा दुई थान भेन्टिलेटर उपलब्ध गराएको उक्त संस्थाले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो । ती उपकरणको सञ्चालनमा दक्ष जनशक्तिको अभाव हुँदा समस्या भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालमा यस्तो समस्या झेल्नुपरेको छ । रासस

डिसीसीएमसीलाई २२ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

डोटी । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तर गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूले २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।