सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

धनगढी । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेटर निःशुल्क उपलब्ध गराएको छ । गत बिहीवार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको भन्दै उक्त संस्थाप्रति आभार व्यक्त गरे । ‘कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ,’ उनले भने । निर्देशक बस्नेतले कोभिड–१९ को महामारीपछि नेपाल सरकारले सहयोगका लागि विश्वव्यापी रुपमा गरेको आग्रहबमोजिम हेक्याफको पहलमा सेवामूलक अन्तरराष्ट्रिय गैरसरकारी संस्था चुजी फाउण्डेशनबाट भेन्टिलेटर प्राप्त भएको बताए । ‘तेस्रो लहरको कोरोना भाइरस फैलिए बालबालिकालाई बढी असर पार्न सक्ने भनिएको छ,’ उनले भने, ‘दातृ निकायसँग समन्वय गरेर उपलब्ध गराइएको भेन्टिलेटर बालबालिकासहित सबै उमेरका नागरिकको उपचारमा प्रयोग गर्न मिल्नेछ ।’ हेक्याफले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर देशभरिका विभिन्न अस्पतालमा जम्मा २६५ थान यस्ता भेन्टिलेटर उपलब्ध गराउन लागेको छ । प्रतिगोटा यो भेन्टिलेटरको बजार मूल्य झण्डै २२ लाख पर्ने बताइएको छ । केही दिनअघि कञ्चनपुरको महाकाली अस्पतालमा दुई थान भेन्टिलेटर उपलब्ध गराएको उक्त संस्थाले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो । ती उपकरणको सञ्चालनमा दक्ष जनशक्तिको अभाव हुँदा समस्या भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालमा यस्तो समस्या झेल्नुपरेको छ । रासस

सम्बन्धित सामग्री

आइसीयू भेन्टिलेटर स्थापनार्थ ५० अस्पताललाई १ अर्ब ४१ करोड दिइने

काठमाडौं। अर्थ मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि देशभरका ५० वटा अस्पतालमा आइसीयू भेन्टिलेटर स्थापना गर्न एक अर्ब ४१ करोड उपलब्ध गराउने निर्णय गरेको छ। आइसीयू भेन्टिलेटर स्थापना गर्न रकम पाउने अस्पतालहरुमा मुसीकोट अस्पताल, मुगु अस्पताल, मेहलकुना अस्पताल, सेती प्रादेशिक अस्पताल, म्याग्दी अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, पाल्पा अस्पताल, महाकाली अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल आदि छन्।

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं (अस) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका ३५ अस्पताललाई उक्त रकम दिने निर्णय गरिएको आइतवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूति तथा स्त्री रोग अस्पताल, गंगालाल अस्पताल, मनमोहन कार्डियो भास्कुरल तथा ट्रान्सप्लान्ट सेन्टरलाई संरचना निर्माणका लागि रकम दिन लागिएको हो । यसैगरी नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, कोशी प्रादेशिक अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, मेची अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, भक्तपुर अस्पताल, बागलुङ अस्पताल, भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि सरकारले रकम उपलब्ध गराउने भएको छ । साथै धुलिखेल अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला श्वासप्रश्वास अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डँडेलधुरा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई संरचना निर्माणका लागि स्रोत उपलब्ध गराउने जानकारी प्रवक्त गौतमले दिए । ३६० आईसीयू, १८० भेन्टिलेटर बेड, १९ अक्सिजन प्लान्ट, २६ अक्सिजन ट्यांक निर्माणका लागि कोभिड उपचारमा संलग्न देशभरका सरकारी अस्पताललाई सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताए । ‘अस्पतालको क्षमता र अस्पतालमा उपचाररत बिरामीको संख्या हेरेर रकम विनियोजन गरिएको छ,’ उनले भने ।

सुदूरपश्चिम : भेन्टिलेटर र अक्सिजनको खोजीमै जान्छ संक्रमितको प्राण

कैलाली : टीकापुर नगरपालिका वडा- ७ का ४६ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या थप जटिल बन्दै गयो। मंगलबार सेती प्रादेशिक अस्पताल पुगेका उनले आइसियूसहितको भेन्टिलेटरमा भर्ना हुन खोजे तर पाएनन्।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि उनले धनगढीका निजी अस्पतालमा भेन्टिलेटर खोजे तर, पाएनन्। बुधबार भेन्टिलेटर र अक्सिजन अभावका कारण उनले ज्यान गुमाउनुपर्‍यो। मृतकका भाइ गणेश क्षेत्रीले भने, ‘सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर थिएन। हामीले बोकेको अक्सिजन पनि सकिदै थियो। दाजुलाई स