कर्णालीप्रदेशसभाको आठौअधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामीआर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका लागि विनियोजन विधेयकसभामा पेश गरेका थिए ।
विनियोजन विधेयकमाथिको छलफलमा भागलिँदै प्रमुखप्रतिपक्षीदल एमालेकाप्रमुख सचेतक गुलाबजंग शाहले नीति, कार्यक्रमतथा बजेटमा विभिन्न योजना आउने तर व्यवहारमालागु नहुने तर्क गरे । सरकारले बजेट...