प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले सोमवार प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । सोमवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक अन्तरगत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । एमालेको नाराबाजीका बावजुद विनियोजन विधेयक अगाडि बढाउने तयारी रहेको संसद सचिवालय स्रोतले जानकारी दियो ।
छलफल पछि आज नै विनियोजन विधेयक पारित गर्ने तयारी छ । एमालेको नाराबाजीका बावजुद सरकारले भदौ २७ गते संसदमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो ।
विनियोज...