नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको झण्डै २ सातापछि बुधवार बसेको एमाले संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।
आजको बैठकमा माधव नेपाल पक्षका ९ सांसद अनुपस्थित थिए । उनीहरूलाई स्पष्टीकरण सोधिने पनि कंडेलले बताए ।
एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् । अबको ३० दिनभित्...