अझै हुन सकेन हिउँदे वर्षा : पानी कम पर्दा कृषि र वातावरणमा प्रभाव, अन्न उत्पादन घट्ने अनुमान

माघ महिना आधा बितिसक्दा पनि यो वर्ष हिउँदे वर्षा हुन सकेको छैन । हिउँदे वर्षा हुन नसक्दा कृषिबालीमा असर त पुगेकै छ, वातावरणमा समेत प्रभाव परेको छ । मौसमविद्हरूका अनुसार...

सम्बन्धित सामग्री

हिउँदे वर्षाले किसानलाई राहत

हिउँदे वर्षा भएपछि पाल्पालगायत पहाडी जिल्लाका किसानमा खुसीयाली छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा असोजपछि पानी नपर्दा किसान चिन्तित थिए । आइतबार रातिदेखि परेको वर्षाले किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि विकास अधिकृत कामना अधिकारी भट्टराईले बताइन् ।

तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर

सर्लाही – तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ । पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला सुकेर झर्न थालेको छ । तराईका जिल्लामा विगत सात महिनादेखि पानी पर्न सकेको छैनन् । हिउँदे वर्षा नहुँदा बाली र फलफूल खेतीमा असर परेको सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखामा प्रमुख अम्बिका मैनालीले बताउनुभयो । जमिन सुक्खा भएर भावर तथा चुरे क्षेत्रमा खानेपानीको समेत समस्या हुन थालेको छ । खोला तथा नदीमा ...

जलवायु परिवर्तनको असर : 'चाँदी जस्ता देखिने हिमालहरू अहिले काला पहाड जस्ता'

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्रका सेता हिमाल फुस्रा देखिन थालेका छन् । हिउँले ढाकिएर चाँदी जस्तै देखिने यी हिमालहरू अहिले काला पहाड जस्ता देखिन्छन् । यो वर्ष हिउँदमा अहिलेसम्म पानी नपर्दा माटो सुक्खा छ । कृषि उत्पादनमा कमी हुने र डढेलोसम्मको जोखिम बढेको छ ।  मध्य हिउँद कटिसक्दा पनि न हिउँ परेको छ, नत वर्षा नै भएको छ । सामान्यतयाः हरेक हिउँदमा एक–दुई खेप झमझम् पानी दर्किन्थ्यो। गड्याङगुडुङ मेघ गर्जनसहित पर्ने झरी कहिले त दुई तीन दिनसम्मै लम्बिन्थ्यो । यसले जाडो बेस्सरी बढाउँथ्यो। तर, यो वर्ष जाडोयाम सकिन लाग्दा पनि न हिउँ परेको छ नत पानी ।  म्याग्दीमा मध्य असोजदेखि नै पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो ३० वर्षको औसत हिउँदे वर्षाको तुलनामा यो वर्ष अहिलेसम्म करीब पाँच प्रतिशत मात्रै पानी परेको छ ।  मध्य मंसिरदेखि मध्य फागुनसम्म (१ डिसेम्बरदेखि फेब्रुअरी अन्तिमसम्म) का तीन महीनालाई हिउँद मानिन्छ ।  दक्षिण एशियाली क्षेत्रको हिउँदे पानीलाई प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिले असर गर्ने जल तथा मौसम विज्ञान विभागको ठहर छ । जल तथा मौसम विज्ञान विभागका डा. इन्दिरा कडेलका अनुसार प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट नेपाल छिरेपछि त्यसले हिउँदे वर्षा गराउँछ ।  तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरमा यो वर्ष पानीको तापक्रम औसतभन्दा कम हुनपुग्यो, जसले हावाको बहावमा परिवर्तन गरेर पश्चिमी वायुलाई सक्रिय हुन दिएन । यसलाई प्राविधिक भाषामा ‘लालिना प्रणाली’ विकसित भएको भनिने कडेलले जानकारी दिए । यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घटेर वर्षा कम भएको बताइएको छ ।मौसम वैज्ञानिकहरुले गरेको जलवायु प्रारुपका आधारमा यो वर्ष प्रि–मनसुनको शुरुआत अर्थात् फागुन र चैतमा वर्षाको सम्भावना सरदरभन्दा कम रहेको बताएका छन् । नेपालमा हुने सरदर वार्षिक वर्षामध्ये करीब ८० प्रतिशत मनसुन याम (जुन–सेप्टेम्बर) मा हुन्छ । बाँकी वर्षा मनसुन पूर्व र पछिका महीना तथा हिउँदमा हुन्छ । जलवायु परिवर्तनका कारण दीर्घकालमा हिउँदमा हुने वर्षाको दर घट्दै जाने र वर्षा तथा सुक्खायामबीचको विषमतालाई अझै चर्काइदिने जोखिम रहेको केही जलवायुविज्ञको अनुमान छ ।  हिउँदमा वर्षा कम हुँदा वातावरण, प्रकोप र कृषिका क्षेत्रमा विभिन्न प्रभाव पर्छ ।  हिउँदे वर्षा नहुँदाको सबैभन्दा ठूलो प्रभाव कृषि उत्पादनमा पर्छ । कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीका अनुसार, हिउँदे वर्षा नहुँदा सबैभन्दा बढी मार गहुँ बालीलाई पर्छ । देशमा सिँचाइ हुने क्षेत्रफल कम रहेकाले अधिकांश किसान आकाशे पानीमा भर पर्छन्। गहुँ बालीलाई पानी चाहिने बेला घर्किसके पनि अझै पानी नपरेकाले यो वर्ष उत्पादन खस्किने आँकलन गरिएको छ ।

हिउँदे वर्षा नहुँदा सुक्न थाल्यो बाली

म्याग्दी । लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउलगायत) बाली सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली (धान र कोदो)को उत्पादनमा कमी आएको छ । हिउँदेबाली पनि सुक्न थालेपछि उत्पादनमा कमी आउने भन्दै यहाँका किसान चिन्तित भएका छन् । पानी नपर्दा हिउँदेबाली सुक्न थालेको हो । यस वर्ष गहुँ, जौ, उवा, केराउ, मुसुरो, हिउँदे आलु र तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको म्याग्दीका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए । खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने भन्दै चिन्तित बनेका छन् । यहाँ करीब ९ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ । म्याग्दीमा ५२ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँबाली समेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा पनि  नभएको क्षेत्रमा हिउँदेबाली सुक्न थालेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

छेउमा महाकाली गाउँमा पानीकाे हाहाकार

छेउमै महाकाली नदी बगे पनि लेकम गाउँपालिका–३ रतौडा गाउँमा खानेपानीको हाहाकार छ । रतौडा गाउँका विद्यार्थी बालबालिकाहरु र महिला पानी भर्न दैनिक गाउँबाट झण्डै पाँच सय मिटर तल महाकाली नदी ओर्लिनुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको मुहान छैन् । स्थानीय लीलाधर पन्तले भन्नुभयो, पल्लो गाउँबाट पाइपमार्फत ल्याएको पानी कहिले–काँही त आउने गथ्र्यो, तर सडक निर्माणको क्रममा उक्त खानेपानी लाइन अवरुद्ध भएपछि पिउनका लागि महाकालीबाट पानी बोक्नुपरेको छ । पानी बोक्दा बोक्दै कम्बर र काँधमा निलडाम बसेको स्थानीय महिलाहरुले दुखेसो पोखेका छन् । विहान, बेलुकी पानी बोक्नुपर्ने भएकोले आफुहरुको पढाइ समेत छुट्ने गरेको गुरुकुल माबि दशरथचन्द नगरपालिका–६ शेरामा कक्षा १० मा अद्ययनरत छात्रा मनिसा टमटाले गुनासो गर्नुभयो । खानेपानी नहुँदा वर्षौंदेखि महाकालीको धमिलो पानी बोकेर खानुपरेको अर्का स्थानीय रोशनी पन्तले बताउनुभयो । खानेपानी र गाउँमा सिँचाई नहुँदा कृषि पेशा गरि खान समेत मुश्किल भएको उहाँको गुनासो छ । गाउँमा तराईको जस्तै सम्म परेको खेत छ । खेतको छेउबाटै सुसाउँदै महाकाली नदी बग्छ तर सिँचाईको अभावमा रतौडाका बासिन्दाले आकाशेपानीको भरमा खेतीपाती लगाउनुपर्ने बाध्यता छ । चुनावताका सिँचाई समस्या समाधानका लागि दलैपिच्छे नेताहरूले नारा र सपना मात्र देखाउने गरेका छन् । जब निर्वाचन सकिन्छ अनि सपना देखाउने कुनै दलको नेताले फर्केर हेर्ने चलन छैन् । वर्षातमा पानी परेपछि खेतिपाती लगाउने गरेका छौँ, स्थानीय लक्ष्मी टमटाले भन्नुभयो, हिउँदमा खासै पानी नपर्ने भएकाले सिँचाई सुविधा नहुँदा खेत बाँझै रहने गरेको छ । यो वर्ष हिउँदे वर्षा नभएकोले खेतमा खडेरी परेको छ ।