हिउँदे वर्षा भएपछि पाल्पालगायत पहाडी जिल्लाका किसानमा खुसीयाली छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा असोजपछि पानी नपर्दा किसान चिन्तित थिए । आइतबार रातिदेखि परेको वर्षाले किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि विकास अधिकृत कामना अधिकारी भट्टराईले बताइन् ।