एमाले महाधिवेशनको बन्दशत्रमा विदेशी पाहुना

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा सुरु भएको छ । सौराहाको होटल सेभेन स्टारको हलमा सञ्चालन भएको बन्दशत्रको सुरुमा महाधिवेशनको निम्तोमा आएका विदेशी पाहुनाले सम्बोधन गरेका छन् । बन्दशत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले गरेको विधान संशोधनलाई पनि शनिबार महाधिवेशनको बन्दशत्रले […]

सम्बन्धित सामग्री

माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् । गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका […]

दृश्यमा एमाले महाधिवेशनको बन्दसत्र

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत आज सौराहमा बन्दसत्र भइरहेको छ। सर्वसम्मतिले पदाधिकारी चयन गर्ने अध्यक्ष केपी शर्मा ओलीले प्रयास गरेपनि आकांक्षी नेताहरुको व्यवास्थापन बारे सहमति हुन नसक्दा बन्दसत्र ५ घण्टा ढिलो गरि सुरु भएको थियो। बन्दसत्रमा विदेशी पाहुना र ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेमा पदाधिकारीको…

एमाले महाधिवेशनः बन्दसत्रमा सम्बोधन गर्दै विदेशी पाहुना

चितवन– नेकपा  एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सौराहामा चलिरहेको छ। बन्दसत्रको उद्घाटनमा अहिले विदेशी पाहुनाहरुले सम्बोधन गरिरहेका छन्। एमाले महाधिवेशनमा शुभकामना दिन विभिन्न देशका राजनीतिक दलका नेताहरु उपस्थित छन्। भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायतका देशबाट राजनीतिक दलका नेताहरु आएका छन्। उनीहरुले महाधिवेशन सफलताको शुभकामना दिएका छन्। एमालेको १० औँ महाधिवेशन शुक्रबारबाट सुरु भएको थियो।

एमाले बन्दसत्रमा जे देखियो तस्बिरमा हेर्नुहोस्

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सीमा बसेका छन्  । मञ्चको पहिलो लहरमा अध्यक्ष ओली र विदेशी पाहुना आसीन छन् । ओली वाहेकका एमाले शीर्ष नेता भने हलकाे पहिलो लहरमा बसेका छन् ।

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन। बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले…

एमाले महाधिवेशनमा १५ विदेशी पाहुना

काठमाण्डौ – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित  भएका छन् ।  भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित भएको एमालेले जनाएको छ । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश समेत प्राप्त भएको पनि एमाले विदेश विभागले जानकारी गराएको हो ।  विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ...

एमाले महाधिवेशनमा चार देशका विदेशी पाहुना सहभागी हुने

काठमाण्डाै – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएकाे बताएको हो । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका सं...

राजनीतिक गतिविधि बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित

कात्तिक २६, चितवन । चितवनमा हिजोआज राजनीतिक गतिविधि बढ्दै गएको छ । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ता आउने जानेक्रम बढ्दै गएको छ ।  नेपाली काँग्रेसको जिल्ला अधिवेशन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन र मंसिर १० गतेबाट शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन चितवनमानै हुन लागेकोले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।   कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरु उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलहरुमा पाहुनाहरुको बाक्लो उपस्थिति देखिदै आएको छ । कतिपय होटलहरुमा महाधिवेशन लक्षित कोठाहरु बुकिङ, सोधपुछ हुने गरेको व्यवसायीहरु बताउँछन् ।  जंगल सफारी लजका सञ्चालक एवम् क्षेत्रीय होटल संघ, सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्, उनले भने, एमालेको महाधिवेशनले त हामी थप उत्साहित भएका छौं ।’ महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए ।  ‘कोरोना कहरपछि हाम्रो लागि यो ठूलो अवसर हो, हामी महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यस्थित र सेवा दिन सक्छौ भन्ने विषयमा छलफलमा छौं’ । चितवनमा हुने यस्ता गतिविधिले समग्र चितवन र नेपालको लागि प्रचारप्रसार सकारात्मक सन्देश जाने उनको भनाइ छ ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले गर्दा पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । ‘चितवनको पर्यटनको लागि अवसर र चुनौति दुवै छ, उनले भने, एक त हामीले देशभर निशुल्क रुपमा पर्यटन प्रवर्द्धन गर्न पाउनेछौं, अर्कोकुरा हामीले अतिथिहरुलाई दिने सेवामा कत्ति सन्तुष्ट पार्छौं भन्ने हो ।’     पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि सानासाना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्ने  भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, अन्य पर्यटनसम्बन्धी संस्था र स्थानीयसँग छलफल भइरहेको उनले बताए ।  ‘झण्डै १० वर्ष पछि चितवनको पर्यटनको लागि ऐतिहासिक अवसर जुटेको छ । यसले हामीलाई उर्जाशील र उत्साहित बनाएको छ ।’ भट्टराईले भने । उनका अनुसार ती अतिथिहरुलाई लक्षित गरी छूटका प्याकेज, स्वागत, सजावटका काम शुरु गर्न लागिएको छ ।  सौराहामा महाधिवेशन मतदान प्रक्रिया र बन्द शत्र भएपनि नारायणगढका साना तथा होटलहरुपनि सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशनको उद्धघाटन हुने एमालेको पूर्व निर्धारित कार्यक्रम रहेको छ । जसका कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौली लगायतका क्षेत्रहरु पनि चलायमान हुने व्यवसायीको आशा छ ।  होटल व्यवसायी महासंघ,नेपालका वरिष्ठ उपाध्यक्ष एवम् होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेश कुमार चुके कोरोनाले धराशायी भएको पर्यटन व्यवसायले यस्ता राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘अहिलेदेखिनै मेरो टांँडीको गंगोत्री हाइवे होटलको बुकिङ भइसकेको छ, उनले भने, नारायणगढको होटलमा पनि नेता तथा कार्यकर्ता आउने जाने क्रम छ ।’  जिल्लामा एकैपटक यति ठूलो संख्यामा देशभरबाट अतिथि पाहुना आउने भएकोले उनीहरुलाई पर्यटकीय प्याकेज बनाएर लैजानुपर्ने उनको तर्क छ । ‘चितवनमा ४० ओटा पर्यटकीय गन्तव्य छन् । यसको प्रवर्द्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ ।’ उनले भने   यसका लागि हरेक क्षेत्रका पर्यटन व्यवसायी, स्थानीय सरकारसँगको सहकार्य र समन्वय हुनुपर्ने चुकेले बताए ।  चितवनमा आगामी १० गतेदेखि नेकपा एमालेको महाधिवेशन शुरु भएदेखि व्यवस्थापनको लागि अलग्गै समिति उपसमिति बनाएर आ आफ्नो जिम्मेवारी अनुसार काम शुरु गरिएको छ । यसका लागि शिर्षस्थ नेताहरुसँग छलफल, व्यवस्थापन बारे छलफल भईरहेको छ ।   देशका सातै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि पालिका प्रमुख र अन्य देश विदेशबाट आउने अतिथि हरुलाई व्यवस्थापन गर्न नेकपा एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डे महाधिवेशनको तयारी र व्यवस्थापनका लागि जुटिरहेको बताउँछन् । ‘अहिले खाने बस्ने व्यवस्थापनको लागि होटल व्यवसायीहरुसँग छलफल भईरहेको छ । उनले भने, हामीले प्रत्येक प्रदेशबाट आउने अतिथिहरुलाई सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’ नेकपा एमाले महाधिवेशनको लागि ५ लाखको हाराहारीमा अतिथिहरु आउने जानकारी दिँदै उनले यो एउटा पार्टी विशेषको लागि मात्र फाईदा नभई समग्र चितवनलाई चिनाउन र चितवनबासीलाई फाईदा पुग्ने बताए ।