एमाले बन्दसत्रमा जे देखियो तस्बिरमा हेर्नुहोस्

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सीमा बसेका छन्  । मञ्चको पहिलो लहरमा अध्यक्ष ओली र विदेशी पाहुना आसीन छन् । ओली वाहेकका एमाले शीर्ष नेता भने हलकाे पहिलो लहरमा बसेका छन् ।

सम्बन्धित सामग्री

१७ तस्बिरमा हेर्नुहोस् एमालेको पहिलो स्थायी कमिटी बैठक

नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक आइतबार बसेको छ । बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो । बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई  चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।बैठकका तस्बिरहरु हेर्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङ  र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राजधानीको मेरियट होटलमा विदेशमन्त्री वाङले अध्यक्ष ओलीसहितका एमाले नेताहरुसँग भेटवार्ता गरेका हुन् ।भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् ।एमाले नेताहरुसँगको भेटलगत्तै विदेशमन्त्री वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । ३ दिने नेपाल

तस्बिरमा हेर्नुहोस् करिश्माको एमाले प्रवेश कार्यक्रम (फोटोफिचर)

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमका अवसरमा करिश्मा, पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय समिति लगायत अन्य करिब दुई दर्जन व्यक्ति एमाले...

तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशन बन्द सत्र

न्युज अफ नेपाल, चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन सौराहमा जारी छ । आज दोस्रो दिन बन्दसत्र चलिरहेको छ ।महाधिवेशनको बन्द सत्रमा विदेशी पार्टीका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन् । बन्द सत्रमा देशभरबाट महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ । तस्बिरहरु… तस्बिर : रासस

तस्बिरहरु हेर्नुहोस् एमाले बन्दसत्रको चहलपहल

नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु हुन सकेको छैन । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । बन्दसत्र स्थलमा यतिबेला महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ ।

एमाले महाधिवेशनः पाल्पाबाट चुनिए यी प्रतिनिधि

नेकपा एमालेले पाल्पा जिल्लाबाट १५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १०–१२ चितवनमा हुँदैछ। नामावली हेर्नुहोस्

अध्यादेशको तरङ्ग : दल विभाजनको आशंकाबीच बैठकमा जुट्यो एमाले, तस्बिरमा हेर्नुहोस्

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा पार्टीको स्थायी समिति बैठक बोलाएको छ । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्नेछ । एमाले संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले जानकारी दिए । दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका ब

सरकारविरुद्ध युवा सङ्घको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब कायम राखेको छ । आफू नेतृत्वको सरकार हुँदा गठन गरिएको भूमिसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको आयोग खारेज गरेकोमा एमाले रुष्ट रहेको छ । यही क्रममा सोमबार एमाले निकट युवा सङ्घले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । तस्बिरहरू हेर्नुहोस्

एमाले संसदीय दलको बैठक, ६ तस्बिरमा हेर्नुहोस्

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताएका छन् । शुक्रबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताएका हुन् । उनले गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको बताए । बैठकका ६ तस्बिर हेर्नुहोस्ः