जहाँका बालबालिकालाई विद्यालय पुग्न चार घन्टा पैदल हिंड्नुपर्छ

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल १० बजेदेखि सुरु हुने कक्षामा समयमै पुग्न बिहान ७ बजे नै विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएका छन्त्याल एक घन्टाको …

सम्बन्धित सामग्री

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।...

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता

गलकोट– बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन् । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ […]

विद्यालय पुग्न तीन घण्टा पैदल

पर्वत : सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ। पर्वतको एक विकट गाउँमा भने विद्यार्थी दैनिक तीन घण्टाभन्दा बढी हिँडी पढ्न जान बाध्य भएका छन्।पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्न तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। पाखापानीमा माध्यमिक विद्यालय तीनवटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले टाढा जानुपरेको हो।

वर्षामा भत्किएको पुल अझै बनेन, ३ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता

२४ फागुन, डोटी । डोटीको आदर्श गाउँपालिका-६ बबिनाऔलकी विपना थापा छपाली माविमा कक्षा ९ मा पढ्छिन् । विद्यालय १० बजेबाट खुल्छ, तर उनी बिहान ७ बजे नै विद्यालयका लागि निस्किन्छिन् । किनकी विद्यालय पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ । ‘उकालो बाटो छ, ३ घण्टा लागिहाल्छ,’ विपना भन्छिन्, ‘कुनै दिन समयमै पुग्छौं, कुनै दिन ढिलो भइहाल्छ […]

विद्यालय पुग्न हिँडेर ६ घण्टा लाग्ने विद्यार्थीहरुको पीडादायी कथा

– डम्मर बुढा मगर/ खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ […]

बाटो बनेपछि बढेको आत्मविश्वास, पलाएको आशा

स्याङ्जाको पुतली बजार नगरपालिका–३ की देवी सार्कीलाई छोरीहरू विद्यालय पठाउनै डर लाग्थ्यो । स–साना नानीहरू विद्यालय पुग्न हिँड्ने बाटो यति अप्ठेरो थियो कि उनीहरूलाई त्यही बाटो पठाउने हिम्मत बटुल्न देवी जस्तै आमाबुबालाई कठिन पर्थ्यो । विद्यालय गएका छोरीहरू फर्केर नआउँदासम्म देवी चिन्ताले छटपटिइरहन्थिन् । ‘अरू डर त होइन, हरिटिका (विद्यालय भएको ठाउँ) जाने बाटो साह्रै […]

जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान

सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी

सप्तरी । बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यवहार रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । जबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरूको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्न सक्ने भूमिकाबारे उनले […]

सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी

बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको  न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने  भूमिकाबारे उनले  जानकारी गराए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद

विद्यालय तहका शिक्षामा चुनौती बन्दै कोरोना कहर

गण्डकी । कोरोना कहरका बाबजुद विभिन्न प्रक्रिया अपनाएर विद्यार्थीको कक्षोन्नति गरिए पनि माथिल्लो कक्षामा पुगेका विद्यार्थी भने अझै विद्यालय पुग्न पाएका छैनन् । कोरोनाको महामारी बढिरहेका अवस्थामा सरकारले जिल्ला जिल्लामा घोषणा गरेको बन्दाबन्दीसँगै यसको डरका कारण विद्यालयले अझै भौतिकरुपमा विद्यार्थीलाई कक्षाकोठामा बोलाउन सकेका छैनन् । विद्यालय जानुपर्ने आफ्ना बालबच्चा घरमा नै रोकिनुपर्दा अभिभावकमा पनि चिन्ता […]