मधेस प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भइसकेको अवस्थामा विभिन्न तीन विधेयक विषयगत समितिमै अल्झिएका छन् । प्रदेशसभाको निर्वाचन मिति घोषणा भइसकेको र प्रदेशसभाको अर्को अधिवेशन बस्ने टुङ्गो नभएकाले प्रदेशसभाको यो कार्यकालमा ती विधेयक अघि बढ्छन् कि बढ्दैनन् भन्नेबारे अन्योल देखिएको छ ।प्रदेशसभामा दर्ता भएको चार वर्ष बित्दा पनि मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयक, प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाको विभिन्न समितिमै अल्झ