प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले तयारीको काम लगभग सकिएको र अब मतदान केन्द्रमा कर्मचारी खटिनमात्र बाँकी रहेको बताए ।