नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

जिल्ला अदालत धनुषाले तीन वर्षदेखि विचाराधीन नाबालिग बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ । सजाय निर्धारणका लागि यही भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालतले जनाएको छ । विसं २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोप

सम्बन्धित सामग्री

नाबालिग बलात्कार गर्ने गुल्मीका एकजनालाई १९ वर्ष कैद सजाय

नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई...

निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

अभिनेता पल शाह साढे २ वर्ष जेल चलान

काठमाडाैं : अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन्।यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ

बलात्कार मुद्दामा पल शाहलाई सफाई, अर्को मुद्दामा साढे २ वर्षको जेल सजाय

नायक पल (पूर्णविक्रम) शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत नवलपुरले प्रमाण नपुगेको भन्दै उनलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो ।जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो । तर उनलाई बाल यौन दुरुपयोगको मुद्दामा भने अदालतले दोषी ठहर गरेको छ । बाल यौन दुरुपयोगको मुद्दामा अदालतले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै उनले पीडित बालिकालाई १० लाख क्षतिपूर्तिको दिनु पर्ने आदेश पनि दिएको छ। अदालतले अभिभावक र मिडियालाई पनि सचेत गराएको छ  ।बलात्कार मुद्दामा सफाई पाए पनि  बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएकोले उनी जेल मै रहनु पर्ने छ । नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । उनी विरुद्द जिल्ला अदालत तनहुँमापनि बलात्कार मुद्दा विचाराधीन छ ।