नायक पल (पूर्णविक्रम) शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत नवलपुरले प्रमाण नपुगेको भन्दै उनलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो ।जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो । तर उनलाई बाल यौन दुरुपयोगको मुद्दामा भने अदालतले दोषी ठहर गरेको छ । बाल यौन दुरुपयोगको मुद्दामा अदालतले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै उनले पीडित बालिकालाई १० लाख क्षतिपूर्तिको दिनु पर्ने आदेश पनि दिएको छ। अदालतले अभिभावक र मिडियालाई पनि सचेत गराएको छ ।बलात्कार मुद्दामा सफाई पाए पनि बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएकोले उनी जेल मै रहनु पर्ने छ । नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । उनी विरुद्द जिल्ला अदालत तनहुँमापनि बलात्कार मुद्दा विचाराधीन छ ।