काठमाण्डाै - कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु भएको छ ।
खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान साढे १० बजेदेखि सुरु भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहम...