सल्यान : सल्यानमा मतगणना सुरु भएको छ। दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणन