काठमाडौ । दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ । दराजले देशका बिभिन्न भागहरुमा आइएमई पेसँग साझेदारीमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको हो । यस साझेदारीको माध्यमबाट चयन आइएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफ पोइन्ट्सको रूपमा कार्यमा आउने दराजले जनाएको छ । यस्ता पोइन्ट्सले सामान रिटर्नको लागि एक अधिक सुविधा जनक र झन्झट मुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरू अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन्