काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आज बुधवार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सापकोटाविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।संवैधानिक इजलासमै रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै सर्वोच्चले यसलाई हेर्न नमिल्नेको सूचीमा राखेको हो ।यसअघि पटक–पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनु...